• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

डायमण्ड माविको ३८औँ वार्षिकोत्सव त्रिदिवसीय रुपमा भव्य रूपमा सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
February 8, 2026
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा महानगरपालिका–२७, तालचोकस्थित डायमण्ड माविको ३८औँ वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह त्रिदिवसीय रुपमा विभिन्न कार्यक्रमका साथ मनाईएको छ । माघ २२ देखि २४ गते सम्म मनाईएको वार्षिकोत्सवमा शैक्षिक, साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो ।
२२ गते पहिलो दिनको प्रमुख आकर्षणका रूपमा प्रख्यात साहित्यकार डा। नवराज लम्सालको बुक टक हो तथा प्यानल संवाद गरिएको थियो भने कृष्णशरण उपाध्याय लगायत शिव त्रिपाठीद्वारा कविता वाचन कार्यक्रम विशेष आकर्षण बनेको थियो ।
दोस्रो दिन २३ गते खाना महोत्सव, शिक्षा र मनोरञ्जनलाई एकै थलोमा समेटिएको डायमण्ड मेला २०८२ भव्य रूपमा सम्पन्न भएको थियो । मेलाको सभापतित्व हरिप्रसाद लामिछानेले गरेका थिए भने वाटर फ्रन्ट रिसोर्टका रेसिडेन्ट म्यानेजर अमृत बी। के। प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । विद्यार्थी रितिक गुरुङले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा शैक्षिक प्रमुख सञ्जीव थापाले कार्यक्रमको उद्धेश्यमाथी प्रकाश पारेका थिए भने सञ्चालन शिक्षक नारायण वाग्लेले गरेका थिए ।
मेलामा सांगीतिक प्रस्तुति अन्तर्गत ‘ग्लिच ग्रुभ’ ब्यान्डका तर्फबाट ड्रममा सिसन क्षेत्री, गिटारमा आसिम आले र ओस्कार गुरुङ, बासमा रितेन गुरुङ, तथा विशाल पाण्डे लगायतको लाइभ प्रस्तुति रहेको थियो। यसका साथै डायमण्ड ब्याण्ड र डायमण्ड गल्र्स ब्याण्ड को प्रस्तुति पनि दर्शकको विशेष आकर्षण बनेको शिक्षक राजन परियारले जानकारी दिए ।
विद्यालय प्राचार्य यम बहादुर रोकाको अध्यक्षतामा शनिबार सम्पन्न समापन समारोहमा प्रमुख अतिथि पोखरा विश्वविद्यालयका रजिस्ट्रार तथा सह–प्राध्यापक डा। अजय थापाले विद्यार्थीलाई ज्ञान, अनुशासन र संस्कारसहित सक्षम नागरिक बनाउने कार्यमा विद्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै विद्यालयले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उदाहरणीय काम गरिरहेको बताएका थिए ।
कार्यक्रममा स्वागत गर्दै भूतपूर्व विद्यार्थी एबम पोखरा विश्वविधालय शिक्षण अस्पतालका छाला, कुष्ठरोग तथा यौनरोग विशेषज्ञ डा। रमेश शर्माले विद्यार्थी जीवनमा संस्कार, स्वास्थ्य सचेतना र सामाजिक उत्तरदायित्वको महत्वमाथि प्रकाश पारेका थिए ।
समारोहमा विद्यार्थीहरूले प्रस्तुत गरेको नाटक “आत्मबोध”, देशभक्ति गीतमा आधारित उत्कृष्ट नृत्य, सांस्कृतिक झाँकी तथा विविध प्रस्तुतीहरूले उपस्थित दर्शकलाई गहिरो सन्देश दिनुका साथै कार्यक्रमलाई अझ प्रभावशाली बनाएको थियो।
उक्त अवसरमा विद्यालयमा १० वर्षसम्म निरन्तर सेवा प्रदान गर्ने शिक्षक–कर्मचारीहरू दिनेश शर्मा, रविचन्द्र अधिकारी, सञ्जय सुबेदी, अस्मिता शर्मालाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो। साथै पोखरा महानगरपालिका स्तरबाट सम्मानित उत्कृष्ट विद्यार्थीहरूलाई पनि विशेष सम्मान गरिएको थियो।
शैक्षिक उपलब्धिका आधारमा कक्षा १२ मा ३।९६ जिपिए सहित नेपाल टप गर्न सफल मयुर शाही, एसईई २०८१ मा उत्कृष्ट जिपिए प्राप्त गर्ने अङ्किता आचार्य र स्वस्तिका देवकोटा, तथा कक्षा ८ को बिएलई परीक्षामा ४।० जिपिए प्राप्त गर्ने युनिशा खड्कालाई सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिएको थियो।
विद्यालयका निर्देशक माधव शरण उपाध्यायले त्रिदिवसीय कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, अभिभावक, शिक्षक–शिक्षिका, विद्यार्थी, शुभेच्छुक तथा सहयोगीप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।

Previous Post

‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्नुछः प्रदेश प्रमुख

Next Post

जानकी माविको ४८ वर्षे यात्राः यस क्षेत्रको सपना र पुस्ताको भरोसा

Next Post

जानकी माविको ४८ वर्षे यात्राः यस क्षेत्रको सपना र पुस्ताको भरोसा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन