Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रतिभा सुपर लिग क्रिकेटको उपाधिका लागि आयोजक प्रतिभा र मदरल्याण्ड भिड्ने

नीतिप्रेस by नीतिप्रेस
February 8, 2026
in खेलकुद समाचार
0
प्रतिभा सुपर लिग क्रिकेटको उपाधिका लागि आयोजक प्रतिभा र मदरल्याण्ड भिड्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रतिभा सुपर लिग क्रिकेटको उपाधिका लागि आयोजक प्रतिभा मावि र मदरल्याण्ड सेकेण्डरी भिड्ने भएका छन् । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतिोगिता अन्तर्गत शनिबार भएको सेमीफाइनल खेलमा आयोजक प्रतिभा माविले बाल मन्दिर मावि र मदरल्याण्ड सेकेण्डरीले छोरेपाटन माविलाई पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् । प्रतियोगिताको उपाधि भिडन्त आईतबार पूर्वाह्न १० बजे हुने आयोजक प्रतिभा माविका प्राचार्य किरण सापकोटाले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो सेमीफाइनल खेलमा मदरल्याण्ड सेकेण्डरीले छोरेपाटन माविलाई २ विकेटले पराजित गर्दै फाईनल यात्रा सुरक्षित गर्यो । टस जितेर पहिले व्याटिङ गर्ने निर्णय गरेको छोरेपाटन माविले निर्धारित २० ओभरमा ८ विकेटको क्षेतीमा ९५ रनको योगफल तयार गर्यो । छोरेपाटन माविका लागि सोहन आचार्यले ३२ बलमा ३१ रन, उज्वल पौडेलले ३८ बलमा २१ र अनिष थापाले १२ बलमा १३ रनको योगदान दिए । छोरेपाटनलाई दवाबमा राख्न मदरल्याण्डका सद्रीस पौडेलले ३ ओभरमा १३ रन खर्चेर ३ विकेट, भुवनबहादुर भण्डारीले ४ ओभरमा १४ रन खर्चेर २ विकेट तथा गौरव भण्डारीले ३ ओभरमा २२ रन खर्चेर १ विकेट लिए ।

९६ रनको मध्यम लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको मदरल्याण्डले १९.२ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेट्टाउँदै फाइनल यात्रा सुनिश्चित गर्यो । मदरल्याण्डका लागि विलोभ मल्लले २६ बलमा १६ रन, भुवनबहादुर भण्डारीले १४ बलमा १४ रन र अनुराज भण्डारीले १६ बलमा ११ रनको योगदान दिए । छोरेपाटनका किस्मत पौडेलले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट, समर्पण लामिछानेले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ३ विकेट तथा अनिष थापाले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए पनि जितका लागि पर्याप्त भएन ।

खेलमा बिजयी विद्यालय मदरल्याण्डका सद्रीष पौडेल प्लेयर अफ द म्याच घोषित भए ।

शनिबार नै भएको दोस्रो सेमीफाइनल खेलमा आयोजक प्रतिभा माविले बाल मन्दिर माविलाई ७१ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गर्यो । बाल मन्दिरले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि पहिले व्याटिङ गरेको प्रतिभाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५९ रनको विशाल योगफल तयार गर्यो । विशाल योगफल तयार गर्न प्रतिभाका खेलाडीहरु सफल श्रेष्ठले ४५ बलमा ५७ रनको अर्धसतकीय पारी खेले । त्यस्तै, मिसन विकले २३ बलमा २५ रन, सौगात लामिछानेले ४ बलमा १५ रनको योगदान दिए । प्रतिभालाई दवाबमा राख्ने क्रममा बाल मन्दिरका राम ढुंगानाले ४ ओभर बलिङ गर्दै २९ रन खर्चेर २ विकेट, ४ ओभर नै बलिङ गरेका सुमन अधिकारीले १ मेडनसहित ३२ रन खर्चेर २ विकेट र अभिषेक क्षेत्रीले ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर १ विकेट लिए ।

१६० रनको चुनौतिपूर्ण लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको बाल मन्दिर मावि २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर केवल ८८ रनमा समेटिएपछि सेमीफाइनलबाटै प्रतियोगिताबाट बाहिरियो । बाल मन्दिरका लागि सुरज अधिकारीले २२ बलमा २० रन, सुमन अधिकारीले २८ बलमा १७ रन र श्रीनिवास कठायतले ३० बल सामना गर्दै १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । प्रतिभा माविका बलरहरु सफल श्रेष्ठले ३ ओभर बलिङ गर्दै १६ रन खर्चेर ५ विकेट, पुरन गुरुङले १ ओभर बलिङ गर्दै ४ रन खर्चेर २ विकेट तथा निश्चल दाहालले ४ ओभर बलिङ गर्दै १२ रन खर्चेर २ विकेट लिदै बाल मन्दिरको व्याटिङ अर्डर ध्वस्त पारेका थिए ।

खेलमा प्रतिभा माविका लागि ५७ रन बनाउनुका साथै ५ विकेट लिएका सफल श्रेष्ठ प्लेयर अफ द म्याच घोषित भए ।

Previous Post

जानकी माविको ४८ वर्षे यात्राः यस क्षेत्रको सपना र पुस्ताको भरोसा

Next Post

प्रतिभा माविले जित्यो प्रतिभा सुपर लिग क्रिकेटको उपाधि

Next Post
प्रतिभा माविले जित्यो प्रतिभा सुपर लिग क्रिकेटको उपाधि

प्रतिभा माविले जित्यो प्रतिभा सुपर लिग क्रिकेटको उपाधि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन