पोखरा ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार पार्टी बैठकका क्रममा हृदयघात भएपछि उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ ।
थापालाई बिहीबार कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकका क्रममा हृदयघात भएको थियो । कास्की क्षेत्र नम्बर १ को निर्वाचनको समीक्षा बैठकमा बोल्दै गरेका उनी करिब १० मिनेट सम्बोधन गरेपछि अचानक ढलेका थिए ।






