• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रवि किरण हमालले राप्रपाबाट राजीनामा दिए, पार्टीबाट पूर्णरूपमाअलग्गिए

नीतिप्रेस by नीतिप्रेस
April 24, 2026
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ११वैशाख२०८३ जेनजी आन्दोलनका अगुवा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रवि किरण हमालले पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा दिँदै पार्टीबाट पूर्ण रूपमा अलग्गिएको औपचारिक घोषणा गरेका छन्।

लोकतन्त्र दिवसको पावन अवसरमा आज जारी गरेको प्रेस वक्तव्यमा हमालले व्यक्तिगत स्वार्थभन्दा बाहिर रहेर पछिल्लो एक दशकदेखि सुशासन, सुसंस्कृत राजनीतिक संस्कार र स्थायित्वका लागि निरन्तर प्रयत्न गर्दै आएको उल्लेख गर्दै यो निर्णय लिएको बताएका छन्।

उनले जेनजी आन्दोलनमा सक्रिय सहभागिता जनाउँदा गोली खान तयार भएको, भाद्र २३ गते पक्राउ परेको र राजनीतिक विचारका आधारमा अवमूल्यन हुनुपरेको स्मरण गरेका छन्। निर्वाचनमा जनस्तरबाट आफ्नो राजनीतिक विचारभन्दा फरक ढङ्गले अघि बढ्न आग्रह भएको पनि उल्लेख छन्।

सम्पूर्ण राष्ट्र र मेरो पुस्ताका युवाहरूको भावना, ऊर्जा, सपना तथा परिवर्तनको तीव्र चाहनालाई गहिरो रूपमा हृदयङ्गम गर्दै जनताको सार्वभौम इच्छा र आकांक्षालाई आत्मसात् गरेर नै यो यात्रामा होमिएको थिएँ, वक्तव्यमा उल्लेख छ।

हमालले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन र जेनजी आन्दोलनका क्रममा जनताले गरेको स्पष्ट संकेत, दिशाबोध तथा आकांक्षालाई सम्मान गर्दै यो जिम्मेवार र सचेत कदम चालेको स्पष्ट पारेका छन्। उनले यो निर्णय कुनै निराशा वा असन्तुष्टिको परिणाम नभई जनता र आफ्नो पुस्ताको भावनालाई स्वीकार गर्दै लिएको बताएका छन्।

आगामी दिनमा उनी राष्ट्र र जनताको सेवालाई अझ दृढ संकल्प, उत्साह र उच्च ऊर्जाका साथ निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। जेनजी आन्दोलनको स्वच्छता, साहस, निष्पक्षता र परिवर्तनकारी स्पिरिटलाई राजनीति तथा राजकाजमा पूर्ण रूपमा व्यवहारिक रूपमा लागू गर्न निरन्तर लड्ने, योगदान दिने र अग्रसर रहने उनको भनाइ छ।

मुलुकको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय हितको रक्षाका लागि, सुशासन, भ्रष्टाचारमुक्त शासन व्यवस्था र तीव्र आर्थिक उन्नतिमार्फत गुणस्तरीय जीवन सुनिश्चित गर्न आफू सदैव अग्रपंक्तिमा रहने उनले उल्लेख गरेका छन्।

रवि किरण हमालले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन तथा सम्पूर्ण पार्टीले आफूप्रति देखाएको असीम विश्वास, स्नेह र साथप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।

रवि किरण हमाल जेनजी आन्दोलनबाट उदाएका युवा नेता हुन्। उनी हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राप्रपाको तर्फबाट सुर्खेत क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए।

Previous Post

शिशुवा खुदीखोला सडक उद्घाटन

Next Post

गण्डकी प्रदेश सरकारले संक्रामक तथा सरुवा रोग नियन्त्रणका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष

Next Post

गण्डकी प्रदेश सरकारले संक्रामक तथा सरुवा रोग नियन्त्रणका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन