• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

स्याङ्जाका एक किसानले उत्पादन गरेको कफीको बीउ अन्तरिक्षको सयर गरेर पुनः गाउँकै माटोमा फर्किएको छ

नीतिप्रेस by नीतिप्रेस
April 24, 2026
in समाचार
0
स्याङ्जाका एक किसानले उत्पादन गरेको कफीको बीउ अन्तरिक्षको सयर गरेर पुनः गाउँकै माटोमा फर्किएको छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्याङ्जा ।

स्याङ्जाका एक किसानले उत्पादन गरेको कफीको बीउ अन्तरिक्षको सयर गरेर पुनः गाउँकै माटोमा फर्किएको छ । पुतलीबजार नगरपालिका ११ मायाटारीका बोधराज अर्यालले उत्पादन गरेको अरेविका जातको कफीको बीउ जापान हुँदै अन्तरिक्ष पुगेर करिब १ वर्षपछि पुनः स्याङ्जा आइपुगेको हो ।

अर्यालको फाम्र्स प्यासन ब्रान्डको कफीको बीउ नेपालकै इतिहासमा पहिलो पटक अन्तरिक्ष पुगेर फर्किएको बताइएको छ । अर्यालले २०८२ वैशाखमा जापान पठाएको बीउ सोही वर्षको साउनमा अन्तरिक्षतर्फ प्रस्थान गरेको थियो । अन्तरिक्षमा करिब ८ महिना रहेपछि गत चैत १५ गते यो बीउ नेपाल आइपुगेको हो ।

जापानको ताकुशिमा विश्वविद्यालयले विशेष अनुसन्धानका लागि यो कफीको बीउ अन्तरिक्ष पठाएको थियो । हाइड्रोजन बेलुनमार्फत पठाइएको बीउ करिब २७ किलोमिटर उचाइसम्म पुगेको र त्यहाँ ३ घण्टा रहेर पुनः पृथ्वीमा फर्किएको थियो । कृषकका छोरा उबित अर्यालका अनुसार नेपालको झण्डासहित बीउ अन्तरिक्ष पठाइएको थियो ।अन्तरिक्षबाट फर्किएको बीउलाई अर्यालले वैशाख ५ गते स्याङ्जाकै करेन्डाडाँ नर्सरीमा रोपेका छन् ।

अन्तरिक्षमा माइनस २८.१ डिग्री सेल्सियस तापक्रमसम्म पुगेको यो बीउ पृथ्वीमा रोप्दा कस्तो परिवर्तन आउँछ भन्ने अध्ययनको मुख्य विषय रहेको बोधराज अर्यालले बताए । अन्तरिक्षको न्यून गुरुत्वाकर्षण र फरक वातावरणले बीउको संरचना, विकास प्रक्रिया र उत्पादन क्षमतामा कस्तो फेरबदल ल्याउँछ भन्ने हेर्न खोजिएको हो, उनले भने ।

अन्तरिक्षमा रातो चेरी, पार्चमेन्ट र ग्रीन बिन गरी तीन प्रकारका २० ग्राम कफीको बीउ पठाइएको थियो । अहिले नर्सरीमा पार्चमेन्ट कफीको बीउ मात्र उमार्न राखिएको छ भने रातो चेरी र ग्रीन बिनलाई प्रदर्शनीका रूपमा राखिने अर्यालले जानकारी दिए ।नर्सरीमा रोपिएको बीउ ६० दिनभित्र उम्रने अपेक्षा गरिएको छ । उम्रिएका बिरुवालाई पछि छुट्टै बगैंचा बनाएर रोप्ने तयारी भइरहेको छ । बोधराज अर्याल विगत १०

१२ वर्षदेखि वार्षिक करिब १ टन कफी जापान निर्यात गर्दै आएका छन् । उनले आफ्नै फार्मको उत्पादन र अन्य किसानबाट खरिद गरी कफी निर्यात गर्ने गरेको बताए । अन्तरिक्षको यात्रा गरेर फर्किएको यो बीउको वृद्धि, स्वाद र उत्पादनमा आउने फरकले नेपाली कफीको ब्रान्डिङमा थप सहयोग पुग्ने विश्वास गरिएको छ ।

Previous Post

सार्वजनिक ऐलानी र पर्ति जग्गामा अनधिकृत रुपमा निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन

Next Post

पोखरामा ब्राउन सुगरसहित एक महिला पक्राउ

Next Post
पोखरामा ब्राउन सुगरसहित एक महिला पक्राउ

पोखरामा ब्राउन सुगरसहित एक महिला पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन