• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

१० औं रारा पोखरा स्पोर्ट्स अवार्डः सिद्धान्त अधिकारीलाई वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड

नीतिप्रेस by नीतिप्रेस
May 14, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ३१ वैशाख ।
दशौं रारा पोखरा स्पोर्टस् अवार्डमा एथ्लेटिक्सका सिद्धान्त अधिकारी वर्ष उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको कार्यक्रममा अधिकारी वर्ष उत्कृष्ट प्रशिक्षक बनेका हुन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा अधिकारीसँगै टेनिसका कुमार अधिकारी र तेक्वान्दोका रेखमाया गुरुङ मनोनयनमा परेका थिए ।
वर्ष उत्कृष्ट प्रशिक्षक अधिकारीलाई नगद ३५ हजार साथमा अवार्ड र प्रमाणपत्र प्रदान गरिएको छ । उनलाई नेपाल भलिबल संघका सल्लाहकार तथा टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्मा, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनार्दन जिसीले अवार्ड, नगद र प्रमाणपत्र अर्पण गरेका थिए ।
पोखराका ३६ वर्षीय सिद्धान्त अधिकारी समयदेखि खेलकुदमा होमिएका अधिकारीले खेलाडी र प्रशिक्षक दुवै भूमिकामा आफूलाई अब्बल सावित गरेका छन् । पोखरा२६, बुढीबजारका अधिकारीले पाँचौँ र छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेर आफ्नो खेल जीवनको बलियो जग बसालेका थिए ।
नेपालमा सफलता पाएपछि अध्ययन र खेललाई निरन्तरता दिन उनी भारत गएर आर्मी स्पोट्र्स इन्स्टिच्युट (एएसआई) बाट ‘स्पोट्र्स साइन्स मा डिप्लोमा गरे । एएसआईमा झण्डै एक वर्ष मध्य तथा लामो दूरीको प्रशिक्षकका रूपमा अनुभव बटुलेपछि उनी सन् २०१९ को अन्त्यतिर नेपाल फर्किए ।
नेपाल फर्किएपछि उनले यहाँको एथलेटिक्स क्षेत्रमा व्यवस्थित प्रशिक्षणको अभाव महसुस गरी वैज्ञानिक पद्धतिबाट खेलाडी तयार पार्ने अठोट गरे । सोही लक्ष्यका साथ उनले सन् २०२१ तिर सुनिल राजवंशीसँग मिलेर हिमालयन एलिट्स रन प्रोजेक्ट सुरु गरे । यस प्रोजेक्टमार्फत उनले खेलाडीहरूलाई निःशुल्क प्रशिक्षणका साथै रनिङ जुत्तालगायतका खेल सामग्री उपलब्ध गराउँदै आएका छन् । नारायणी भण्डारी, बादल कार्की, अनुष्का अधिकारीलगायत उदीयमान खेलाडी उनकै प्रशिक्षणमा अघि बढिरहेका छन् ।
कास्की जिल्ला एथलेटिक्स संघको सचिव रहेको उनको अवधारणा र संयोजनमा पोखरा ओपन एथलेटिक्स मिट र पोखरा १० के जस्ता प्रतियोगिताहरु सञ्चालन भइरहेका छन् । उनले हालसम्म कुनै पनि सरकारी पारिश्रमिक नलिई स्वतन्त्र रुपमा प्रशिक्षकको भूमिका निर्वाह गरिरहेको बताए । यसअघि पल्सर स्पोट्र्स अवार्डको युवा विधामा मनोनयनमा परिसकेका अधिकारी अहिले खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड हात पारेका हुन् ।

Previous Post

ज्योतिकुञ्ज स्कुलका दुई विद्यार्थीले ल्याए ४.० जिपिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन