• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण

नीतिप्रेस by नीतिप्रेस
August 5, 2026
in समाचार
0
पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा।
पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन हाम्रो इको नेक्स्ट टेक्नोलोजी प्रा.लि.ले चार सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सौजन्य स्वरूप प्रदान गरेको छ ।
जिल्ला खेलकुद विकास समिति, कास्कीको आयोजनामा रङ्गशाला परिसरमा सञ्चालित वृक्षारोपण कार्यक्रमअन्तर्गत उक्त मल हस्तान्तरण गरिएको हो । रङ्गशालालाई हरियाली र वातावरणमैत्री बनाउने उद्देश्यले पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू, खेल सम्बद्ध संघसंस्थाका प्रतिनिधि, स्थानीय तहका प्रमुख, प्रदेश सभासद् तथा खेलप्रेमी समाजसेवीहरूको सहभागितामा वृक्षारोपण अभियान निरन्तर चलिरहेको छ ।


कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख डिबी नेपालीले वृक्षारोपण गरिएका बिरुवाहरूलाई व्यवस्थित रूपमा हुर्काउन र मलजल गर्न समाजसेवी गोपाल गुरुङ र खेलप्रेमी समाजसेवी राजेन्द्र बहादुर थापाको समन्वयकारी भूमिकाको प्रशंसा गरे । सोही समन्वयका आधारमा हाम्रो इको नेक्स्ट टेक्नोलोजीका सञ्चालक राजेश गौतम (राजु)ले समिति परिसरमै पुगी जिल्ला खेलकुद बिकास समिति कास्कीको अध्यक्ष मिलन गुरुङ सहितका पदाधिकारीहरुलाई मल हस्तान्तरण गरेका थिए ।
मल हस्तान्तरण कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले व्यवसायी राजेश गौतमले हरियाली वृक्षारोपण अभियानमा प्राङगारिक मल प्रदान गरी सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने उनको भनाइ रहेको थियो ।
मल हस्तान्तरणपछि बोल्दै हाम्रो इको अर्गानिक मलका उत्पादक राजेश गौतम (राजु)ले पोखराको एकमात्र अन्तर्राष्ट्रियस्तरको रङ्गशालालाई हरियाली बनाउने पवित्र उद्देश्यमा सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे । हामीले रोपेका बिरुवाहरूलाई मानिसलाई जस्तै उचित पोषण र हेरचाहको आवश्यकता पर्छ । रासायनिक मलको बढ्दो प्रयोगले माटो मरुभूमीकरण भइरहेको र मानव स्वास्थ्यमा पनि असर परिरहेको अवस्थामा माटोलाई बचाउनु हाम्रो दायित्व हो, गौतमले भने ।

गौतमले यो मल गाईको मल, हड्डीको धुलो, पिना तथा निम, बकाइनो, पातीजस्ता जडीबुटीहरू मिसाएर तयार पारिएको र यसमा नाइट्रोजन, फस्फोरस लगायत बिरुवालाई चाहिने सम्पूर्ण आवश्यक तत्वहरू विद्यमान रहेको जानकारी दिए । विगत १० वर्षदेखि यो क्षेत्रमा क्रियाशील गौतमले गण्डकी प्रदेशको शान, इको मलको वरदान इको अर्गानिक मल प्रयोग गरौँ, माटोलाई मरुभूमीकरण हुनबाट बचाऔं भन्ने नाराका साथ व्यवसाय सञ्चालन गर्दै आएको र आगामी ५ वर्षभित्र सम्पूर्ण गण्डकी प्रदेशलाई नै प्राङ्गारिक (अर्गानिक) बनाउने अभियानमा अगाडि बढेको बताए ।
यसैविच रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानमा ब्रिटिश क्याम्प काठमाण्डौमा कार्यरत मेजर सूर्य गुरुङको परिवारले समेत सहभागीता जनाएका छन । गुरुङको परिवारले वृक्षारोपण अभियानमा जापानिज कटुस, एभोकाडो, जामुन प्रजातिका विरुवाहरु रोपेका थिए । गुरुङले प्राकृतिक विपत्तिको वेलामा समेत सहयोग गर्दै आइरहेको जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख डिबि नेपालीले जानकारी दिए ।

Previous Post

पोखराको रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमद्बीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु

Next Post

गण्डकी प्रज्ञा प्रतिष्ठानमा न्यूरो आर्ट कार्यशाला,भाषा शुद्धता अभियानदेखि अनुसन्धान प्रवर्द्धनसम्मका कार्यक्रम हुँदै

Next Post
गण्डकी प्रज्ञा प्रतिष्ठानमा न्यूरो आर्ट कार्यशाला,भाषा शुद्धता अभियानदेखि अनुसन्धान प्रवर्द्धनसम्मका कार्यक्रम हुँदै

गण्डकी प्रज्ञा प्रतिष्ठानमा न्यूरो आर्ट कार्यशाला,भाषा शुद्धता अभियानदेखि अनुसन्धान प्रवर्द्धनसम्मका कार्यक्रम हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन