• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गण्डकी प्रज्ञा प्रतिष्ठानमा न्यूरो आर्ट कार्यशाला,भाषा शुद्धता अभियानदेखि अनुसन्धान प्रवर्द्धनसम्मका कार्यक्रम हुँदै

नीतिप्रेस by नीतिप्रेस
August 6, 2026
in समाचार
0
गण्डकी प्रज्ञा प्रतिष्ठानमा न्यूरो आर्ट कार्यशाला,भाषा शुद्धता अभियानदेखि अनुसन्धान प्रवर्द्धनसम्मका कार्यक्रम हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा।

गण्डकी प्रज्ञा प्रतिष्ठानले मानसिक स्वास्थ्य, सिर्जनशीलता र सांस्कृतिक चेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले बुधबार पोखरामा स्नायूस्वास्थ्य (न्यूरो आर्ट) कार्यशाला आयोजना गरेको छ। गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा न्यूरो आर्टमार्फत व्यक्तिको मानसिक स्वास्थ्य, आत्मविश्वास र सिर्जनात्मक क्षमताको विकासमा जोड दिइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले न्यूरो आर्ट केवल कलासँग सम्बन्धित विषय मात्र नभई मन, मस्तिष्क र समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउने प्रभावकारी माध्यम भएको बताइन्। उनले यस्ता कार्यक्रमले मानसिक स्वास्थ्य सुदृढ बनाउन, सिर्जनशीलता अभिवृद्धि गर्न र व्यक्तिको आत्मविश्वास बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन्। उनले प्रतिभाको विकास, संस्कृति संरक्षण तथा सृजनात्मक समाज निर्माणमा यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै मन्त्रालयबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाइन्।


कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति प्रा. डा. कुशुमाकर न्यौपानेले प्रतिष्ठानले अब भाषिक शुद्धता अभियानलाई प्राथमिकतामा राख्ने जानकारी दिए। उनले विद्यालयका शिक्षक, प्राध्यापक, पत्रकार तथा लेखनसँग सम्बन्धित सबै वर्गमा भाषिक सचेतनाको कमीका कारण आमजनताले दुःख पाएको उल्लेख गर्दै त्यसलाई सुधार गर्न प्रतिष्ठानले ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी अभियान सञ्चालन गर्न लागेको बताए।

उनका अनुसार यही साउन २९ गते भाषिक त्रुटि पहिचान र निराकरणका उपाय विषयक गोष्ठी आयोजना गरिनेछ, जसको उद्‌घाटन गण्डकी प्रदेशका मुख्यमन्त्रीले गर्ने कार्यक्रम रहेको छ। त्यसपछि प्रदेशका सबै ११ जिल्लामा यस्ता कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए। अभियानले पत्रकार, लेखक तथा कलमजीवीलाई भाषिक त्रुटिबाट सचेत गराउँदै आमसञ्चार र लेखनलाई थप प्रभावकारी बनाउने विश्वास उनले व्यक्त गरे।

कुलपति न्यौपानेले अनुसन्धानलाई पनि प्रतिष्ठानले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै अनुसन्धानकर्तालाई आवश्यक तालिमबिना फिल्डमा पठाउन नहुने धारणा राखे। उनले फोटोग्राफी, भिडियोग्राफी तथा अनुसन्धानका विधि र मापदण्डबारे प्रशिक्षण दिएपछि मात्रै अनुसन्धान कार्य प्रभावकारी हुने बताए।

उनका अनुसार यस वर्ष गण्डकी प्रदेशका कोट, गुठी, मठमन्दिर, लोकमन्त्र, लोकविश्वास, जडीबुटी, वनस्पति, परम्परागत खानपान लगायतका विषयमा विभिन्न गोष्ठीपत्र तयार गरिनेछ। आगामी वर्ष अनुसन्धान पद्धतिबारे विस्तृत छलफल गरी अनुसन्धानकर्तालाई व्यवस्थित रूपमा अनुसन्धानमा परिचालन गरिने योजना पनि उनले सार्वजनिक गरे।

कुलपति न्यौपानेले गण्डकी प्रदेशको परम्परागत ज्ञानलाई समेटेर ६० देखि ७० वटा ग्रन्थ प्रकाशन गर्ने लक्ष्य रहेको जानकारी दिँदै यही महिनाभित्र पत्रकार सम्मेलनमार्फत प्रतिष्ठानको विस्तृत कार्ययोजना सार्वजनिक गरिने बताए। उनले न्यूरो आर्ट कार्यशालाले कला र सिर्जनात्मक गतिविधिप्रति थप उत्साह जगाएको उल्लेख गर्दै कम लागतमा समेत प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिने भएकाले प्रतिष्ठानले त्यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति शंकर विरही गुरुङले स्वागत मन्तव्य राखेका थिए भने सदस्य सचिव मनकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यशालामा डा. निर्मल शर्मा मुख्य प्रशिक्षकका रूपमा रहेका थिए। साथै कार्यक्रम संयोजक तथा प्रतिष्ठानका प्राज्ञ बाबुराम बस्ताकोटी र पोखरा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हरेराम जोजिजुले सहजीकरण गरेका थिए।

कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका शिक्षा तथा संस्कृति महाशाखा प्रमुख घनश्याम पौडेल, मन्त्रालयका कर्मचारी, गण्डकी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सदस्य, पोखरा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा न्यूरो आर्टप्रति रुचि राख्ने विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो।

Previous Post

पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण

Next Post

मर्दी हिमाल पदयात्रामा बेपत्ता भएका तीन युवा मोदी खोलापारि सकुशल भेटिए, उद्धारका लागि थप टोली परिचालन

Next Post
मर्दी हिमाल पदयात्रामा बेपत्ता भएका तीन युवा मोदी खोलापारि सकुशल भेटिए, उद्धारका लागि थप टोली परिचालन

मर्दी हिमाल पदयात्रामा बेपत्ता भएका तीन युवा मोदी खोलापारि सकुशल भेटिए, उद्धारका लागि थप टोली परिचालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन