• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मर्दी हिमाल पदयात्रामा बेपत्ता भएका तीन युवा मोदी खोलापारि सकुशल भेटिए, उद्धारका लागि थप टोली परिचालन

नीतिप्रेस by नीतिप्रेस
August 6, 2026
in समाचार
0
मर्दी हिमाल पदयात्रामा बेपत्ता भएका तीन युवा मोदी खोलापारि सकुशल भेटिए, उद्धारका लागि थप टोली परिचालन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कास्कीको मर्दी हिमाल पदयात्राका क्रममा तीन दिनदेखि सम्पर्कविहीन भएका तीन जना युवा मोदी खोलाको किनारमा सकुशल फेला परेका छन्।

पोखरा महानगरपालिका १४ खसिबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङ अन्नपूर्ण गाउँपालिका ११ को छुमरुङ फेदीस्थित मोदी खोलापारि फेला परेका हुन्। उनीहरूलाई सुरक्षित स्थानमा ल्याउन सोमबार बिहानैदेखि सुरक्षाकर्मीको थप उद्धार टोली परिचालन गरिएको छ।

गत साउन १९ गते मर्दी हिमाल पदयात्राका लागि निस्किएका उनीहरू माछापुच्छ्रे गाउँपालिका ९ को बादलडाँडास्थित जंगल क्षेत्रमा अलपत्र परेका थिए। साउन २० गते बिहान करिब ८ बजेसम्म परिवारसँग सम्पर्कमा रहेका उनीहरू त्यसपछि सम्पर्कविहीन बनेका थिए।

उनीहरू हराएको जानकारी प्राप्त भएपछि बादलडाँडामा होटल सञ्चालन गर्दै आएका प्रेम अधिकारीको नेतृत्वमा चार सदस्यीय खोजी टोली परिचालन गरिएको थियो। त्यसपछि सुरक्षाकर्मी र स्थानीयको संयुक्त प्रयासबाट खोजी कार्यलाई तीव्र बनाइएको थियो।

मर्दी हिमाल पदयात्राका क्रममा हराएका तीन युवाको खोजी गर्दै जाँदा २० साउन साँझ करिब पौने ६ बजे स्थानीयवासीले उनीहरूलाई मोदी खोलापारि सकुशल देखेका थिए। त्यसपछि उनीहरू फेला परेको सूचना पाएलगत्तै घान्द्रुक र बगरबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको कालिका गणबाट १० सदस्यीय उद्धार टोली घटनास्थल पुगेको थियो। तर मोदी खोलामा पानीको बहाव अत्यधिक रहेकाले आइतबार राति अबेरसम्म गरिएको प्रयासका बाबजुद पनि उनीहरूलाई खोलावारि ल्याउन सम्भव भएन।

उद्धारमा खटिएको टोलीले खोलामा अस्थायी फड्के निर्माण गर्ने र छरिएर बगेको पानीको बहावलाई एकै ठाउँमा केन्द्रित गर्ने प्रयास गरेको छ। हामीले खोलामा अस्थायी पुल जस्तै संरचना बनाउने र पानीको बहावलाई एकातिर मोडेर उनीहरूलाई सुरक्षित रूपमा तार्ने प्रयास गरिरहेका छौँ, उद्धारमा संलग्न एक सुरक्षाकर्मीले बताए। खोलाको उच्च जोखिम र रातको समयलाई मध्यनजर गर्दै आइतबार राति करिब १० बजे उद्धार कार्य स्थगित गरिएको थियो।

खोलापारि रहेका युवालाई नआत्तिन र सुरक्षित स्थानमै बसिरहन आग्रह गरेका छौँ, उद्धार टोलीले जनाएको छ। रातभर नेपाल प्रहरीका २, सशस्त्र प्रहरीका ९ र नेपाली सेनाका ६ जना गरी १७ सदस्यीय संयुक्त टोली घटनास्थल नजिक रहेको हाइड्रोपावरको अस्थायी क्याम्पमा बसेर युवाहरूको अवस्थाको निरन्तर निगरानीमा खटिएको थियो।

सोमबार बिहान ४:४० बजे वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको नेतृत्वमा ७ सदस्यीय थप उद्धार टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। हाल सुरक्षाकर्मीले स्थानीयको सहयोगमा युवाहरूलाई सुरक्षित रूपमा मोदी खोला वारपार गराउने प्रयास गरिरहेका छन्। युवाहरूको मोबाइल फोन बन्द रहेकाले उनीहरूसँग प्रत्यक्ष सम्पर्क हुन सकेको छैन।

उद्धार टोलीले खोला दुवै किनारबाट संकेत र आवाजका माध्यमबाट समन्वय गर्दै उद्धार अभियान अघि बढाइरहेको छ। प्रारम्भिक जानकारीअनुसार पदयात्राका क्रममा बाटो बिराएपछि उनीहरू भिरालो जंगल हुँदै मोदी खोलाको किनारमा पुगेका हुन्। घटनास्थल बगरस्थित प्रहरी कार्यालयबाट करिब ६९ किलोमिटर उत्तरमा पर्दछ।

उद्धार अभियानमा भेडावारीबाट प्रहरी हवल्दार जीवन बराल, घान्द्रुकबाट प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेल तथा सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको नेतृत्वमा रहेका टोलीसमेत सक्रिय छन्। स्थानीयवासी र आफन्तसँग समन्वय गर्दै उद्धार कार्यलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ। हाल युवाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूलाई सुरक्षित रूपमा पोखरा ल्याउने तयारी भइरहेको छ।

Previous Post

गण्डकी प्रज्ञा प्रतिष्ठानमा न्यूरो आर्ट कार्यशाला,भाषा शुद्धता अभियानदेखि अनुसन्धान प्रवर्द्धनसम्मका कार्यक्रम हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन