• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कास्कीमा वर्षाजन्य विपद् बढ्दो, दुई बालक खोलाले बगाएर बेपत्ता

नीतिप्रेस by नीतिप्रेस
August 16, 2026
in समाचार
0
कास्कीमा वर्षाजन्य विपद् बढ्दो, दुई बालक खोलाले बगाएर बेपत्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । अविरल वर्षापछि कास्कीका विभिन्न क्षेत्रमा पहिरो, सडक कटान, पुल क्षति तथा मानवीय क्षतिका घटना बढेका छन्। पोखरामा दुई बालकसहित तीन जना खोलाले बगाएर बेपत्ता भएका छन् भने एक महिला सम्पर्कविहीन रहेकी छन्। यस्तै, एक जनाको डुबेर मृत्यु भएको छ। पहिरो तथा नदी कटानका कारण सडक र झोलुंगे पुलमा समेत क्षति पुगेको छ।

पोखरा महानगरपालिका २६ सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिक विजयपुर खोला तर्ने क्रममा दुई बालक बेपत्ता भएका छन्। साउन ३० गते दिउँसो करिब १ बजे पोखरा १४ विजयबस्तीबाट खोला तरेर सक्नेरीतर्फ आउने क्रममा उनीहरूलाई खोलाले बगाएको प्रहरीले जनाएको छ।

बेपत्ता हुनेमा खोटाङ नगरपालिका घर भई हाल पोखरा १४ चाउथेमा बस्दै आएका सुवास राईका १५ वर्षीय छोरा ओमन राई तथा स्याङ्जा बिरुवा गाउँपालिका ७ घर भई हाल पोखरा १४ छिनेडाँडा आर्मी प्लटिङमा बस्ने चन्द्रबहादुर गुरुङका १४ वर्षीय छोरा निक्सन गुरुङ रहेका छन्। खोजीका लागि खटिएको टोली साँझ फर्किए पनि दुवै बालक हालसम्म फेला परेका छैनन्। उनीहरूको खोजी आज पनि जारी रहने प्रहरीले जनाएको छ।

यसैबीच, शिशुवा प्रहरी कार्यालय क्षेत्रअन्तर्गत खोला तर्ने क्रममा एक जना व्यक्ति बेपत्ता भएका छन्। खोजीमा खटिएको टोली साँझ फर्किए पनि उनी फेला नपरेको प्रहरीले जनाएको छ।

त्यस्तै, पोखरा महानगरपालिका २५ हेम्जाकी ४३ वर्षीया धनमाया साउन २९ गते साँझदेखि सम्पर्कविहीन रहेकी छन्। अत्यधिक मदिरा सेवन गरी घरबाट निस्किएकी उनी हालसम्म घर नफर्किएको र आफन्तको सम्पर्कमा समेत नआएको प्रहरीले जनाएको छ।

अन्नपूर्ण गाउँपालिका १० स्थित सिमैखोलामा पहिरोका कारण सडक अवरुद्ध भएको छ। पहिरो हटाउने प्रयास जारी रहे पनि सडक सञ्चालनमा आउन सकेको छैन। सोही वडाको स्याउलीबजारबाट वडा नम्बर ७ हवेली जोड्ने लामे झोलुंगे पुलमा बाढीले क्षति पुर्‍याएको छ। पुलको स्याउलीबजारतर्फको भाग बगाउँदा संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।

यता, माछापुच्छ्रे गाउँपालिका १ तातोपानीमा सेती नदीले सडक कटान गर्दा भित्री कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। तातोपानी, करुवा र मिर्चा हुँदै भलौदी जाने सडकखण्डमा करिब १०० मिटर सडक नदीले बगाएको प्रहरीले जनाएको छ। सडक खुलाउने प्रयासका लागि प्रहरी टोली घटनास्थलमा खटिएको छ।

यसैबीच, पोखरा महानगरपालिका १६ जोगिमणिमा नालीमा अचेत अवस्थामा भेटिएका ६० वर्षीय हिरा बहादुर सुनारको उपचारका क्रममा मृत्यु भएको छ। उद्धार गरी मातृशिशु अस्पताल पोखरा पुर्‍याइएका सुनारलाई चिकित्सकले साउन ३१ गते राति १२ः१२ बजे मृत घोषणा गरेका थिए।

वर्षाजन्य विपद्का घटनापछि प्रहरी टोली विभिन्न स्थानमा परिचालन भई बेपत्ता व्यक्तिको खोजी, सडक खुलाउने तथा क्षतिको विवरण संकलन गर्ने कार्य जारी राखेको प्रहरीले जनाएको छ।

Previous Post

पोखराको ॐकारेश्वर मन्दिरमा रु १ लाख ५५ हजार बराबरका सिसिटिभी क्यामेरा हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन