• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा अधिकृतहरुको सेवाकालीन तालिम सुरु

नीतिप्रेस by नीतिप्रेस
August 26, 2026
in समाचार
0
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा अधिकृतहरुको सेवाकालीन तालिम सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा गण्डकी प्रदेश निजामती सेवा तथा स्थानीय सेवामा कार्यरत अधिकृतस्तर सातौं/आठौं तहका कर्मचारीहरूका लागि सञ्चालन हुने ३० कार्यदिने सेवाकालीन तालिम मिति २०८३/०५/०८ गतेदेखि दुई समूहमा छुट्टाछुट्टै रूपमा उद्घाटन भई शुभारम्भ भएको छ।

प्रदेश निजामती सेवा तर्फका अधिकृतहरूको सेवाकालीन तालिम कृषि व्यवसाय प्रवर्द्धन, प्रशिक्षण तथा स्रोत केन्द्र, मालेपाटनमा सञ्चालन भएको हो। तालिमको उद्घाटन सत्रको अध्यक्षता गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिनाले गर्नुभएको थियो भने गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री माननीय भीमबहादुर कार्की प्रमुख आमन्त्रित व्यक्तिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

उद्घाटन सत्रमा प्रमुख आमन्त्रित व्यक्तिका रूपमा रहनुभएका माननीय मन्त्री भीमबहादुर कार्कीले ब्यानरमा हस्ताक्षर गरी प्रदेश निजामती सेवातर्फको ३० कार्यदिने सेवाकालीन तालिमको औपचारिक शुभारम्भ गर्नुभएको थियो। सो अवसरमा उहाँले सेवाकालीन तालिमले कर्मचारीहरूको क्षमता अभिवृद्धिसँगै ज्ञान, सीप तथा कार्यसम्पादनमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै, कर्मचारीको वृत्ति विकास तथा बढुवामा समेत सहयोग पुग्ने उल्लेख गर्दै नागरिकमैत्री, प्रभावकारी तथा सुशासनयुक्त सेवा प्रवाहमा यस्ता तालिमको विशेष महत्व रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा तालिममा छनोट भएका सम्पूर्ण कर्मचारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै तालिम समन्वय विश्लेषक भीम बि.क.ले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो। प्रतिष्ठानका लेखापाल दीपेन्द्र पौडेलले उद्घाटन सत्रको सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत PLGSP तर्फका कर्मचारी प्रणय शर्मा र मिलन श्रेष्ठ तथा प्रतिष्ठानका लेखा अधिकृत प्रशान्त सुवेदीको समेत उपस्थिति रहेको थियो।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा गण्डकी प्रदेश निजामती सेवा तथा स्थानीय सेवामा कार्यरत अधिकृतस्तर सातौं/आठौं तहका कर्मचारीहरूका लागि सञ्चालन गरिएको ३० कार्यदिने सेवाकालीन तालिम दुई समूहमा एकैसाथ शुभारम्भ भएको छ।

स्थानीय सेवामा कार्यरत अधिकृतहरूको सेवाकालीन तालिम गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीको अध्यक्षता तथा गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारीको प्रमुख आतिथ्यतामा बागवानी अनुसन्धान केन्द्र, मालेपाटन, पोखरामा सुरु भएको हो। तालिमको औपचारिक उद्घाटन प्रमुख अतिथि प्रा. डा. इन्द्रप्रसाद तिवारीले ब्यानरमा हस्ताक्षर गरी गर्नुभएको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा. डा. तिवारीले सेवाकालीन तालिमले कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै सामूहिक रूपमा नयाँ ज्ञान तथा अनुभव आदान–प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। प्राप्त ज्ञान र सीपलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गरी सुशासन प्रवर्द्धन गर्न तथा नेतृत्वदायी भूमिका निर्वाह गर्न तालिम उपयोगी हुने उहाँको भनाइ थियो।

प्रतिष्ठानका निर्देशक ई. सुजन नेपालले सहभागी कर्मचारीहरूलाई स्वागत गर्दै तालिमको उद्देश्य, विषयवस्तु तथा सञ्चालन प्रक्रियाबारे जानकारी गराउनुभएको थियो। ३० कार्यदिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन सत्रको सहजीकरण प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत ई. मनोज पौडेलले गर्नुभएको थियो। उहाँले तालिममा अपनाइने प्रशिक्षण विधि तथा मूल्याङ्कन प्रक्रियाबारे समेत जानकारी दिनुभयो।

प्रदेश निजामती सेवा र स्थानीय सेवामा कार्यरत अधिकृतस्तर सातौं/आठौं तहका गरी जम्मा ६० जना कर्मचारी सहभागी तालिममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको विज्ञ रोष्टरमा सूचीकृत विज्ञ प्रशिक्षकहरू, संघ तथा प्रदेशका कार्यालयमा कार्यरत अनुभवी उच्चपदस्थ कर्मचारीहरू तथा प्रतिष्ठानका आन्तरिक प्रशिक्षकहरूबाट प्रशिक्षण प्रदान गरिने प्रशिक्षण तथा अनुसन्धान अधिकृत ई. मनोज पौडेलले जानकारी दिनुभयो।

Previous Post

युवाको आवाजदेखि संस्थागत सुदृढीकरणसम्म : पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा सौगात थापा

Next Post

गोगन माविलाई बस्नेत परिवारद्वारा २५ लाख ५५ हजार ५ सय रुपैयाँ हस्तान्तरण स्व. भक्तबहादुर बस्नेतको योगदानको स्मरण

Next Post
गोगन माविलाई बस्नेत परिवारद्वारा २५ लाख ५५ हजार ५ सय रुपैयाँ हस्तान्तरण स्व. भक्तबहादुर बस्नेतको योगदानको स्मरण

गोगन माविलाई बस्नेत परिवारद्वारा २५ लाख ५५ हजार ५ सय रुपैयाँ हस्तान्तरण स्व. भक्तबहादुर बस्नेतको योगदानको स्मरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन