• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा उद्योग वाणिज्य संघमा व्यवसायीको आशालाग्दो व्यक्त्तीका रुपमा हेरिदै मनोहरी पौडेल

नीतिप्रेस by नीतिप्रेस
September 4, 2026
in समाचार
0
पोखरा उद्योग वाणिज्य संघमा व्यवसायीको आशालाग्दो व्यक्त्तीका रुपमा हेरिदै मनोहरी पौडेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघमा पछिल्लो समयमा व्यवसायीको रुचि र सहभागीता घट्दो क्रममा रहेको छ । करीब पाँच हजारको हाराहारीमा रहेका सदस्यहरुको सख्या घटेर अहिले दुइ हजार सात सयको हाराहारीमा आएको छ । २०११ सालमा अमृतप्रसाद शेरचनको अध्यक्षतामा स्थापना भएको पोखराको जेठो सामाजिक संस्थाको सदस्य संख्या विगतको भन्दा धेरै थोरै हो । दुइ हजार सात सय हाराहारी सदस्य संख्या पु¥याएको संघले आफ्नै सदस्य जोगाउन सकिरहेको छैन ।


विभिन्न आन्दोलन, कोभिड, अव्यवस्थित पार्किङ, महँगो घरभाडा, चर्को कर प्रणालीजस्ता विभिन्न मार खेप्दै शहरमा उद्योग र वाणिज्यको साख जोगाएका व्यापारीहरूको दिगो हित र साझा सुनुवाइको पैरवीमा संघ बेलाबेला चुक्ने गरेको व्यवसायीहरूको गुनासो छ । यी र यस्ता विविध कारणले संघका प्रति व्यवसायीको क्रेज घट्दो छ भने संघमा केहि आशा लाग्दा व्यक्तीहरुको प्रवेशले भने संघ प्रति आर्कषण बढ्ने अपेक्षा गरिएको छ । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा व्यवसायी तथा सामाजिक अभियन्ता,पत्रकार मनोहरी पौडेलले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएसगै उनी प्रति व्यवसायी मतदाताहरुले निकै आशालाग्दो व्यक्त्तीका रुपमा हेरेका छन् ।
लामो समयदेखि व्यापारव्यवसायसँगै सामाजिक तथा संस्थागत क्षेत्रमा सक्रिय पौडेल बुद्ध विशाल बजारस्थित टुईन्स कलेक्सनका सञ्चालक हुन् । उनले यसअघि पोखरा उद्योग वाणिज्य संघमा आर्थिक वर्ष २०८२,८३ मा मनोनीत कार्यसमिति सदस्यका रूपमा सफलतापुर्वक आफ्नो जिम्मेवारी पुरा गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका २८ वटा बोर्ड मिटिङ मध्य २७ वटामा उपस्थिीति भएर ९६‍.४३ प्रतिशत सहभागीता भएर पनि उनले संघ प्रतिको जिम्मेवारी गहन रुपमा लिएको अनुभव गर्न सकिन्छ । संघका हरेक बैठकमा व्यवसायीहरुका समस्याहरु उठाउने गरेका पौडेल व्यवसायीका समस्या नजिकबाट बुझेका व्यक्त्ती हुन् ।
सरल अनि सयोगी पौडेलले संघलाई थप सक्रिय, व्यवसायीमैत्री र परिणाममुखी बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् । व्यवसायीको हकहित संरक्षण, व्यावसायिक एकता र संघको संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता छ ।
पौडेल विभिन्न सामाजिक तथा संस्थागत गतिविधिमा पनि सक्रिय छन् । उनी बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनका उपाध्यक्ष, त्रिलोकेश्वर शिव मन्दिर सेवा समिति पोखरा २८ को अध्यक्ष सुकमैदान सिर्जनशील क्लब पोखरा–२८ का संस्थापक अध्यक्ष पोखरा उद्योग वाणिज्य संघका विभिन्न वस्तुगत समितिको प्रेस संयोजक हुन् ।
त्यस्तै, उनी फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराका साधारण सदस्य, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीका पूर्व सदस्य तथा प्रेस संयोजक र चापापानी सिद्धार्थ सहकारी संस्था पोखरा१२ का शिक्षा संयोजक तथा सञ्चालक समिति सदस्यका रूपमा समेत काम गरिसकेका छन् ।
पत्रकारितामा समेत सक्रिय पौडेल नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश परिषद् सदस्य हुन् । व्यवसाय, सामाजिक सेवा र सञ्चार क्षेत्रबाट प्राप्त अनुभवलाई उद्योग वाणिज्य संघमार्फत व्यवसायीको हितमा उपयोग गर्ने उनको भनाइ छ ।
संघमा प्रतिनिधित्व पदका लागि मात्र होइन, व्यवसायीका समस्या सुन्न, आवाज उठाउन र समाधानका लागि काम गर्न हुनुपर्छ, भन्ने मान्यता राख्ने पौडेलले सम्पूर्ण उद्योगी व्यवसायीको साथ, सहयोग र विश्वासको अपेक्षा गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा कार्यसमिति सदस्य पदका उम्मेदवार मनोहरी पौडेलको क्रम संख्या ९ रहेको छ ।

Previous Post

वरिष्ठ गायक संगीतकार धनबहादुर गुरुङलाई लोक बहादुर गुरुङ स्मृति सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन