• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

हेभी इक्युप्मेन्ट अपरेटर संघ पोखराको अध्यक्षमा पुनः किशोर गौतम

नीतिप्रेस by नीतिप्रेस
September 7, 2026
in समाचार
0
हेभी इक्युप्मेन्ट अपरेटर संघ पोखराको अध्यक्षमा पुनः किशोर गौतम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,२२ भदौ । नेपाल हेभी इक्युप्मेन्ट अपरेटर संघ पोखराको अध्यक्षमा किशोर प्रसाद गौतम पुनः सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
संघको आइतबार अवेर सम्पन्न पाँचौँ अधिवेशनले गौतमको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा अनन्तराज पौडेल, सचिवमा कृष्णप्रसाद पौडेल, कोषाध्यक्षमा विशाल पौडेल र सहसचिवमा अर्जन अधिकारी चयन हुनुभएको छ। सदस्यहरूमा विष्णुप्रसाद भण्डारी, राजकुमार पौडेल, महेश्वर आचार्य र विश्वास अधिकारी रहनुभएको छ ।
निर्वाचन समितिको संयोजकमा सुशीलकुमार वाग्ले तथा सदस्यमा उमनाथ आचार्य र विष्णु अधिकारी रहनुभएको थियो ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका प्रमुख सचेतक प्रकाश बरालले हेभी इक्युप्मेन्ट अपरेटरहरूले देश निर्माणमा महत्वपूर्ण योगदान गरे पनि उनीहरूको काम र योगदानको उचित कदर हुन नसकेको बताउनुभयो।
यो जनशक्तिले ठूलो जोखिम मोलेर सुरुङ र हाइड्रोपावरजस्ता क्षेत्रमा काम गर्दै आएको छ। देश निर्माणका यी जनशक्तिलाई राज्यले उचित रूपमा उपयोग गर्न सकेको छैन। तपाईँहरूलाई राज्यले सम्मान गर्नुपर्छ । सांसद बरालले भन्नुभयो।
जिल्ला दररेटअनुसार अपरेटरहरूको पारिश्रमिक अत्यन्त कम रहेको उल्लेख गर्दै उहाँले पारिश्रमिकको पुनरावलोकन तथा समयसापेक्ष वृद्धि गर्न सरकार र सदनमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल हेभी इक्युप्मेन्ट राष्ट्रिय स्वतन्त्र अपरेटर संघका अध्यक्ष सन्तोषकुमार श्रेष्ठले अपरेटरहरूले अग्ला पहाडसँग सिँगौरी खेल्दै देश निर्माणमा योगदान पु¥याइरहेको बताउनुभयो। उहाँले अपरेटरहरूको कम्तीमा रु ३० लाखको बीमा तथा सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि सरकारसँग माग राखेर आफूहरू संघर्षरत रहेको बताउनुभयो।
श्रेष्ठले काम सुरु गर्नुअघि स्पष्ट सम्झौता गरेर मात्र काममा जान अपरेटरहरूलाई आग्रह गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले व्यक्तिको जीवनभन्दा ठूलो कुनै काम नहुने बताउँदै जोखिमपूर्ण र अप्ठ्यारो भूगोलमा काम गर्ने अपरेटरहरूले सुरक्षाका सामग्री अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
काम गर्दा तपाईँहरूले पहिलो प्राथमिकता आफ्नो ज्यानलाई दिनुहोला। व्यवसायीले पनि जोखिम मूल्याङ्कन गरेर मात्र अपरेटरलाई काममा लगाउनुपर्छ। कानुनी सल्लाह र सहयोगका साथै अपरेटरको हितका लागि प्रहरीले गर्न सक्ने सहयोगमा हामी तयार छौँ । उहाँले भन्नुभयो।
उहाँले प्राकृतिक स्रोतको दोहन तथा ट्राफिक नियम उल्लङ्घनबाहेक अन्य विषयमा अपरेटरलाई अनावश्यक रूपमा कारबाही नगरिने पनि उल्लेख गर्नुभयो।
संघका पूर्वअध्यक्ष एवं सल्लाहकार सुशीलकुमार वाग्लेले पेशालाई मर्यादित र सम्मानित बनाउन नसके आगामी पाँचदेखि सात वर्षभित्र हेभी उपकरण तथा सवारीसाधन चलाउने दक्ष अपरेटरको अभाव हुने बताउनुभयो।
यो पेशालाई मर्यादित र सम्मानित बनाउँदै युवा पुस्ताको आकर्षण बढाउनु अहिलेको मुख्य काम हो । उहाँले भन्नुभयो।
संघका निवर्तमान अध्यक्ष एवं सल्लाहकार प्रेमबहादुर थापाले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई समेत सामाजिक सुरक्षा कोषमा समेट्न सरकारसँग माग गर्नुभयो ।
कार्यक्रममा कास्की हेभी इक्युप्मेन्ट व्यवसायी संघका सचिव भीम केसी, एमएमडब्लु पोखरा कार्यालयका प्रमुख कृष्णप्रसाद तिवारी, संघका संस्थापक कोषाध्यक्ष उमनाथ आचार्य, म्याग्दी अपरेटर संघका सचिव मानबहादुर, संघका उपाध्यक्ष एवं कार्यक्रम संयोजक श्याम सुवेदी लगायतले धारणा राख्नुभएको थियो।
संघका अध्यक्ष किशोर प्रसाद गौतमको अध्यक्षतामा भएको उद्घाटन समारोहको सञ्चालन सचिव कृष्णप्रसाद पौडेलले गर्नुभएको थियो।
सोही अवसरमा संघले प्रकाशन गरेको ‘एक दशक स्मारिका समेत विमोचन गरिएको थियो। संघ स्थापना भएको एक दशक पूरा भएको अवसरमा संघका गतिविधि र विकासक्रम समेटेर स्मारिका प्रकाशन गरिएको अध्यक्ष गौतमले बताउनुभयो।
कार्यक्रममा संघलाई सहयोग गर्ने सहयोगदाता, अग्रज अपरेटर, पूर्वअध्यक्ष तथा एसईई र कक्षा १२ मा सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका अपरेटरका छोराछोरीलाई समेत सम्मान गरिएको थियो ।

Previous Post

नेशनल प्याब्सन कास्कीको अध्यक्षमा मनकाजी गुरुङ निर्वाचित

Next Post

सुनगाभा बचत तथा ऋण सहकारीको निक्षेप सवा ७ करोड

Next Post
सुनगाभा बचत तथा ऋण सहकारीको निक्षेप सवा ७ करोड

सुनगाभा बचत तथा ऋण सहकारीको निक्षेप सवा ७ करोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन