• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा पेन्सन पट्टाको विशेष शो सम्पन्न,सामाजिक यथार्थ र मौलिकसंस्कृतिले सबैको मन छोयो

नीतिप्रेस by नीतिप्रेस
September 17, 2026
in समाचार
0
पोखरामा पेन्सन पट्टाको विशेष शो सम्पन्न,सामाजिक यथार्थ र मौलिकसंस्कृतिले सबैको मन छोयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,

पहाडको काखमा हुर्किएको गाउँ, आफ्नै लयमा बाँचिरहेको समाज, परदेशिएको लाहुरेको जीवन, परिवारभित्रका सम्बन्ध, पुराना संस्कार र त्यसैबीच उम्रिएको प्रेम । यिनै कथा र संवेदनालाई पर्दामा उतारेको चलचित्र पेन्सन पट्टा ले पोखरामा दर्शकको मन छुने प्रयास गरेको छ।

पोखराको मिडटाउन सिनेमाजमा मंगलबार चलचित्र ‘पेन्सन पट्टा को विशेष शो सम्पन्न भयो। चलचित्र हेर्न गण्डकी प्रदेश तथा पोखराका राजनीतिक,
प्राज्ञिक, सामाजिक र सांस्कृतिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू उपस्थित थिए।

विशेष शोमा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेशका पूर्वमन्त्री एवं सांसद पञ्चराम गुरुङ, सांसद सरस्वती गुरुङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति डा। कुश्माकर न्यौपाने, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति सरस्वती प्रतीक्षा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं गायक विनोद बानियाँलगायत सहभागी भए ।

त्यसैगरी पोखरेली युवा सांस्कृतिक परिवार, पोखरा सांगीतिक कलाकार संघ, गुरुङ फिल्म एसोसिएसन नेपालसहित पोखराका विभिन्न क्षेत्रका प्राज्ञिक,सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूको समेत उपस्थिति थियो।

चलचित्र हेरिसकेपछि पूर्वमुख्यमन्त्री खगराज अधिकारीले पेन्सन पट्टा सामाजिक विषयवस्तुमा आधारित चलचित्र भएकाले मन छोएको प्रतिक्रिया दिए। चलचित्रले उठाएका विषय समाजकै ऐनाजस्तो रहेको उनको भनाइ थियो।

गण्डकी प्रदेशका पूर्वमन्त्री एवं सांसद पञ्चराम गुरुङका लागि भने चलचित्रको दुई घण्टाको समय सकिएको पत्तै भएन। उनले चलचित्र हेर्दा समय बितेको अनुभूति नै नभएको बताए। समाज, परिवार, संस्कार, लाहुरेको प्रेम र जीवनसँग जोडिएको कथालाई चलचित्रले प्रभावकारी ढंगले प्रस्तुत गरेको उनको प्रतिक्रिया थियो। चलचित्रमा कलाकारहरूको अभिनय पनि जीवन्त लागेको उनले बताए।

सांसद सरस्वती गुरुङले पेन्सन पट्टालाई सामाजिक यथार्थवादी चलचित्रका रूपमा चित्रण गरिन्। विशेषगरी ताङतिङ गाउँका मनमोहक दृश्य र त्यही
परिवेशको कथा चलचित्रमा प्रस्तुत गरिनु आफूलाई मन परेको उनको भनाइ थियो।


पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले चलचित्रले गुरुङ समुदायको जीवनशैलीसँगै भूतपूर्व गोर्खा सैनिक, परिवार, पुरानो संस्कृति र परम्परालाई पर्दामा उतारेको बताए। ताङतिङ, भुजुङ, पोखराको खुदीखोला तथा बेगनास आसपासका क्षेत्रमा छायाङ्कन गरिएको चलचित्रले पहाडी भूगोल र त्यहाँको जीवनलाई कथासँगै हिँडाएको उनको प्रतिक्रिया थियो।

लेकमा हुने भेडीगोठ, गोठालो जीवन, गाउँको परिवेश, स्थानीय लवज र शैलीदेखि संस्कृति तथा परम्परासम्मलाई चलचित्रले पर्दामा जस्ताको त्यस्तै उतार्ने प्रयास गरेको मेयर आचार्यले बताए। उनका अनुसार चलचित्रभित्र एउटा साँचो प्रेमकथा पनि बगेको छ, जसले दर्शकलाई कथासँगै बाँधिराख्छ।

पेन्सन पट्टाको विशेष शोमा सहभागी अधिकांशले चलचित्रको कथा र प्रस्तुतिको प्रशंसा गरेका छन्। उनीहरूले चलचित्रले समाजमा कतै देखिने, कतै लुकेर रहने जीवनका कथालाई पर्दामा ल्याएको प्रतिक्रिया दिएका छन्।

विशेषतः गुरुङ समुदायको मौलिकता, भूतपूर्व गोर्खा सैनिकको जीवनसँग जोडिएका संवेदना, परिवार र सम्बन्धका उतारचढाव तथा प्रेमलाई स्थानीय परिवेशसँग जोडेर प्रस्तुत गरिएकाले चलचित्र दर्शकसँग नजिकिएको सहभागीहरूको भनाइ छ।

ताङतिङको डाँडाकाँडा, गाउँको बाटो, लेकको भेडीगोठ र गोठालो जीवनका दृश्यसँगै स्थानीय बोली र संस्कृतिले चलचित्रलाई केवल कथा सुनाउने माध्यम मात्र नभई एउटा भूगोल, एउटा समुदाय र एउटा जीवनशैलीको दृश्य अभिलेखजस्तो अनुभूति गराएको प्रतिक्रिया पनि विशेष शोमा सुनियो।

परदेशी लाहुरेको जीवनसँग गाँसिएका सपना र पीडा, परिवारभित्रका सम्बन्ध, समयसँगै बदलिँदै गएको समाज र त्यसैबीच बाँचेका पुराना संस्कारलाई प्रेमको धागोले जोड्दै चलचित्रले कथा अघि बढाएको छ।

यसरी हेर्दा पेन्सन पट्टा केवल मनोरञ्जनको कथा नभई गाउँको गन्ध, पहाडको सौन्दर्य, लाहुरेको जीवन, परिवारको माया, संस्कारको सम्झना र प्रेमको संवेदनालाई एउटै पर्दामा समेट्ने प्रयास गरेको प्रतिक्रिया विशेष शो मार्फत मिल्यो ।

पोखरामा सम्पन्न विशेष शोले चलचित्रप्रति स्थानीय दर्शक तथा कलासंस्कृति क्षेत्रका व्यक्तित्वहरूको चासोसमेत देखाएको छ। सहभागीहरूको प्रतिक्रियाले चलचित्रले समेटेको सामाजिक यथार्थ र मौलिक परिवेश दर्शकको भावनासँग जोडिएको संकेत गरेको छ।

Previous Post

न्युनतम पारिश्रमिक,श्रम ऎन र सामाजिक सुरक्षा कोष तत्काल लागू गर्न जिसस कास्कीको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन