Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विपद् आउँदा प्रणाली आफैँ सक्रिय हुने संयन्त्र बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

Niti Academy by Niti Academy
October 13, 2026
in राजनीति, समाचार
0
विपद् आउँदा प्रणाली आफैँ सक्रिय हुने संयन्त्र बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद् व्यवस्थापनका लागि वैज्ञानिक तथ्य, तथ्याङ्क र अनुसन्धानमा आधारित प्रणाली निर्माण गर्नुपर्ने बताएका छन्।

उनले विपद् आउँदा व्यक्ति विशेषको सक्रियतामा निर्भर नभई आवश्यकताअनुसार संयन्त्र आफैँ परिचालित हुने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।

मंगलबार ‘विपद् उत्थानशीलताको सुरुवात घरबाटै’ अभियान सुरु गर्दै मन्त्री श्रेष्ठले विपद्का बदलिँदा स्वरूप र जोखिमअनुसार पूर्वतयारी गर्नुपर्ने बताए।

नेपालमा भूकम्प, मनसुनी बाढी, हिमताल विस्फोट र पहिरोका कारण नदी थुनिएर आउने आकस्मिक बाढीजस्ता जोखिम रहेकाले तिनको प्रकृतिअनुसार तयारी आवश्यक रहेको उनको भनाइ छ।

उनले विपद् आउनुअघिको अनुगमन प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने बताए। उपलब्ध तथ्याङ्कको आदानप्रदान र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट सम्भावित जोखिम पहिचान गर्न सकिने उनले उल्लेख गरे।

माथिल्लो तटीय क्षेत्रमा हुने घटनाबाट तल्लो तटीय क्षेत्रमा पर्न सक्ने जोखिमको पूर्वानुमान र निगरानीलाई पनि बलियो बनाउनुपर्ने उनले बताए।

मन्त्री श्रेष्ठले विपद्पछिको उद्धार र राहतसँगै प्रभावितको मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्ने बताए।

बालबालिकामा डर र त्रास तथा प्रभावित व्यक्तिमा मानसिक आघात देखिन सक्ने भएकाले त्यसको सम्बोधन आवश्यक रहेको उनको भनाइ छ। उनले पूर्वाधार निर्माणमा वैज्ञानिक अध्ययनसँगै परम्परागत ज्ञानको समेत उपयोग गर्नुपर्ने बताए।

Previous Post

आज घट्यो सुनचाँदीको मूल्य

Next Post

पोखरामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

Next Post
चितवनमा सवारी दुर्घटना, गोरखाका आलेको मृत्यु

पोखरामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन