पोखरा। पोखरामा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका-१ सिमपानी निवासी ३७ वर्षीया सरिता तामाङ रहेकी छन् ।
प्रहरीका अनुसार सोमबार साँझ पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा बाटो काट्दै गरेकी तामाङलाई ग२०प ५९६९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
सो दुर्घटनामा गम्भीर घाइते भएकी तामाङलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो।
उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले मोटरसाइकल र चालक पोखरा-३० शिशुवा निवासी २४ वर्षीय मनोज सुनारलाई नियन्त्रणमा लिएको छ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






