पोखरा। नेपाली बजारमा बुधबार पनि सुनचाँदीको भाउ घटेको छ।
मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा दुई हजार सात सय र चाँदीको सय रुपैयाँ घटेको हो।
मूल्य घटेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८९ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ९२ हजार दुई सय रुपैयाँ रहेको थियो।
यता, मंगलबार प्रतितोला चार हजार तीन सय ५५ रुपैयाँ रहेको असली चाँदीको भाउ बुधबार घटेर चार हजार दुई सय ५५ रुपैयाँ कायम भएको छ।






