Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

होटल प्रतिनिधि समाजको अध्यक्षमा माधव लम्साल निर्वाचित

Niti Academy by Niti Academy
October 14, 2026
in गण्डकी प्रदेश, समाचार
0
होटल प्रतिनिधि समाजको अध्यक्षमा माधव लम्साल निर्वाचित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । होटल प्रतिनिधि समाज पोखराको अध्यक्षमा माधव लम्साल पुनः सर्वसम्मत निर्वाचित भएका छन्। समाजको २७औँ साधारणसभा तथा १५औँ अधिवेशनले लम्सालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जीवराज उपाध्याय, उपाध्यक्षमा वामन चौधरी र निरज अधिकारी, महासचिवमा शिव पौडेल, कोषाध्यक्षमा डिकबहादुर डाँगी, सहसचिवमा चिरञ्जीवी श्रेष्ठ र सहकोषाध्यक्षमा अर्जुन खत्री चयन भएका छन्।

त्यस्तै, कार्यसमिति सदस्यमा भूपाल थापा, प्रविन विक, मधुसुधन गौतम र शिवहरि अर्याल निर्वाचित भएका छन्।

यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले पोखराको पर्यटन प्रवर्द्धनमा होटल क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै पर्यटन व्यवसायीबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए।

समाजका पूर्वअध्यक्ष तथा होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले होटल व्यवसायको विकास र पर्यटन क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि व्यवसायीबीच एकता र सहकार्यमा जोड दिए।

पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरिराम अधिकारी र सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीमप्रसाद पराजुलीले पनि पर्यटन प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वका विषयमा धारणा राखेका थिए।

समाजका पूर्वअध्यक्ष तिलकबहादुर क्षेत्रीले संस्थाको विकास र व्यावसायिक हकहितका लागि निरन्तर सक्रिय रहनुपर्ने बताए।

अध्यक्ष माधव लम्सालले होटल प्रतिनिधि समाजलाई थप व्यवस्थित र सक्रिय बनाउँदै होटल व्यवसायीको हकहित संरक्षण तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाए। उनले सदस्यबीच आपसी एकता र सहकार्य बढाउँदै व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने बताए।

अध्यक्ष लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव शिव पौडेलले प्रस्तुत गरेको कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्ष डिकबहादुर डाँगीले प्रस्तुत गरेको आयव्यय प्रतिवेदन साधारणसभाले पारित गरेको छ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जीवराज उपाध्यायले स्वागत र सञ्चालन महासचिव शिव पौडेलले गरेका थिए।

Previous Post

आज पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?

Next Post

विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

Next Post
चितवनमा सवारी दुर्घटना, गोरखाका आलेको मृत्यु

विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन