Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

लेकसाइडमा खुल्यो अनप्लान पोखरा होटल एन्ड रिट्रिट, २५ करोड लगानी

Niti Academy by Niti Academy
October 16, 2026
in गण्डकी प्रदेश, समाचार
0
लेकसाइडमा खुल्यो अनप्लान पोखरा होटल एन्ड रिट्रिट, २५ करोड लगानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पर्यटकीय नगरी पोखराको लेकसाइड खहरेमा अनप्लान पोखरा होटल एन्ड रिट्रिट सञ्चालनमा आएको छ।

जापानी आतिथ्य शैली र नेपालीपनको संयोजनसहित सञ्चालनमा आएको होटलमा आरामदायी बसाइ, खानपान, मनोरञ्जन तथा शारीरिक र मानसिक स्फूर्तिका लागि विभिन्न सुविधा उपलब्ध छन्।

सञ्चालक घनश्याम कँडेल (अर्जुन)का अनुसार होटल निर्माणमा करिब २५ करोड रुपैयाँ लगानीमा भएको छ। होटलका संरचना निर्माणमा तीन वर्ष लागेको छ।

होटलमा जापानी कम्पनी फिका ग्रुपअन्तर्गतको फिका होल्डिङ्स र अनुपमा ग्रुपको लगानी छ। व्यवस्थापनमा दुवै पक्ष संलग्न छन् भने भवन सञ्चालक कँडेलको व्यक्तिगत लगानीमा निर्माण गरिएको जनाइएको छ।

फिका ग्रुपको यात्रा सन् २०१४ मा शुरू भएको हो। सन् २०१६ मा जापानको टोकियोबाट विस्तार भएको अनप्लान ब्रान्ड जापानका विभिन्न सहरमा फैलिएको छ।

फिका होल्डिङ्समार्फत कम्पनी नेपालमा प्रवेश गरेको हो। कँडेलका अनुसार अनप्लान पोखरा होटल एन्ड रिट्रिट जापान, अस्ट्रेलिया र काठमाडौँमा समेत शाखा रहेको होटल चेनको १७औँ शाखा हो। ‘अनप्लान’ नामले पूर्वयोजना नबनाई यात्रा गर्दा पनि नयाँ अनुभव र अप्रत्याशित भेटघाटको अवसर मिल्ने अवधारणालाई समेटेको छ।

३५ कोठा, इन्फिनिटी पुलदेखि साउनासम्म

होटलमा ३५ ओटा कोठा छन्। तीमध्ये २६ ओटा डबल, चार ओटा ट्विन, चार ओटा फ्यामिली र एउटा प्रेसिडेन्सियल सुइट रहेका छन्।

कोठाबाट फेवाताल र वरपरका पहाडको दृश्य अवलोकन गर्न सकिन्छ। प्रेसिडेन्सियल सुइटमा ठूला सिसाका झ्याल र सोकिङ टबको सुविधा रहेको जनाइएको छ।

होटलमा रेस्टुरेन्ट, कफी बार तथा क्याफे, रुफटप बार, छतमा इन्फिनिटी पुल, स्पा, मसाज कक्ष, सौना, स्टिम क्याबिन र ज्याकुजीको सुविधा छ।

रेस्टुरेन्टमा स्थानीय तथा अन्तर्राष्ट्रिय परिकार उपलब्ध छन् भने क्याफे तथा बारमा कफी, हल्का खाना र पेय पदार्थ पाइन्छ। रुफटप बारबाट फेवातालको दृश्यसँगै सूर्यास्तको आनन्द लिन सकिन्छ।

शारीरिक तथा मानसिक स्फूर्तिका लागि छुट्टै वेलनेस क्षेत्र बनाइएको होटलले जनाएको छ। यहाँ मसाज, सौना र स्टिम क्याबिनका साथै भित्री ज्याकुजीको सुविधा छ।

होटलमा बैठक, विवाह, रिसेप्सन, पारिवारिक जमघट तथा निजी समारोहका लागि छुट्टै इभेन्ट हल पनि छ। कार्यक्रममा खानपानको व्यवस्था गर्न क्याटरिङ सेवा उपलब्ध गराइने जनाइएको छ। होटलमा चौबिसै घण्टा रिसेप्सन, पार्किङ, लिफ्ट र रुम सर्भिसको सुविधा पनि छ।

‘पर्यटन प्रवर्द्धनमा राज्यको ध्यान आवश्यक’

होटलको उद्घाटन बिहीबार पोखरा महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले गरेका हुन्।

कार्यक्रममा वक्ताहरूले पोखराको पर्यटन विकासमा राज्यको ध्यान पर्याप्त हुन नसकेको उल्लेख गर्दै सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा पर्यटन विज्ञ टीकाराम सापकोटा, वडा सदस्य पवित्रा थापा, युवा समाजसेवी भानुभक्त ढकाल, गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक एवं व्यवसायी विकास शाही, सञ्चालक अर्जुन कँडेल, पोखरा उद्योग वाणिज्य संघका सदस्य राम कँडेल, सहप्राध्यापक आनन्दमणि रिजाल, बागलुङ समाजका पूर्वअध्यक्ष कुलचन्द्र शर्मा र फिका ग्रुप जापानका प्रतिनिधि अमन गुरुङलगायत सहभागी थिए।

संरक्षक छविलाल कँडेलको अध्यक्षतामा भएको कार्यक्रम युवराज पराजुलीले सञ्चालन गरेका थिए।

तस्बिरहरू

Previous Post

पोखराको वेष्ट प्वाइन्ट चिल्ड्रेन एकेडेमीमा शुभकामना आदानप्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन