काठमाडौँ। नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ बढेको छ।
बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा एक हजार सात सय र चाँदीको एक सय १५ रुपैयाँ बढेको हो।
मूल्य बढेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९० हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि बिहीबार सुनको भाउ प्रतितोला दुई लाख ८८ हजार चार सय रुपैयाँ रहेको थियो।
यता, बिहीबार प्रतितोला चार हजार ३५ रुपैयाँ रहेको असली चाँदीको भाउ बिहीबार बढेर चार हजार एक सय ५० रुपैयाँ कायम भएको छ।






