Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

फूलपातीमा पोखरामा बाजागाजासहित शोभायात्रा

Niti Academy by Niti Academy
October 17, 2026
in गण्डकी प्रदेश, धर्म/संस्कृति, समाचार
0
फूलपातीमा पोखरामा बाजागाजासहित शोभायात्रा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । बडादशैँको फूलपातीका अवसरमा पोखरामा बाजागाजासहित शोभायात्रा निकालिएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा शनिबार मानव अधिकार चोकदेखि बिन्ध्यवासिनी मन्दिर परिसरसमम्म फूलपाती शोभायात्रा निकालिएको हो।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको प्रमुख उपस्थितिमा सम्पन्न शोभायात्रामा जिल्ला सुरक्षा समितिका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवान र सर्वसाधारण सहभागी थिए।

शोभायात्रापछि कस्केली नागरिकको सुख, शान्ति र समृद्धिको कामना गर्दै प्रमुख जिल्ला अधिकारी गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखलगायत सुरक्षा निकायका अधिकृतले बिन्ध्यवासिनी मन्दिरमा पूजाआजा गरेका थिए।

सोही अवसरमा नवदुर्गा भगवतीलाई चारवटै सुरक्षा निकायका तर्फबाट सलामी अर्पण गरिएको थियो। त्यसपछि परम्पराअनुसार बिन्ध्यवासिनी मन्दिरमा फूलपाती भित्र्याउने कार्यक्रम सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

फूलपाती भित्र्याउने परम्परालाई निरन्तरता दिँदै आयोजना गरिएको कार्यक्रममा शान्ति सुरक्षा कायम राख्दै नागरिकलाई भयरहित वातावरणमा चाडपर्व मनाउने व्यवस्था गर्न सबैको सहयोग अपेक्षा गरिएको थियो।

यस अवसरमा जिल्ला प्रशासन कार्यालय कास्कीले विजयादशमी तथा फूलपातीको शुभकामना व्यक्त गर्दै सबैलाई हर्षोल्लासपूर्वक चाडपर्व मनाउन आग्रह गरेको छ।

Previous Post

विश्वकप लिग-२ : आज क्यानाडासँग भिड्दै नेपाल

Next Post

गण्डकीमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी र योगदानकर्तालाई सम्मान

Next Post
गण्डकीमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी र योगदानकर्तालाई सम्मान

गण्डकीमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी र योगदानकर्तालाई सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन