पोखरा । हार्वर्ड एकेडेमीले दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा वितरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले आफ्नो शैक्षिक प्रगतिको नतिजा प्राप्त गर्दै खुसी र उत्साहका साथ उक्त क्षणलाई स्मरणीय बनाएका छन्।
नतिजा वितरणका क्रममा विद्यार्थीहरूमा आफ्नो मेहनतको प्रतिफल प्राप्त गर्दाको खुसी, उत्साह र थप प्रगति गर्ने प्रेरणा देखिएको थियो। विद्यालयले विद्यार्थीहरूको शैक्षिक उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न निरन्तर मेहनत, लगनशीलता र अनुशासनका साथ अघि बढ्न प्रोत्साहित गरेको छ।
विद्यालयले सम्पूर्ण विद्यार्थीहरूलाई प्राप्त उपलब्धिका लागि बधाई दिँदै आगामी शैक्षिक यात्राको सफलताको शुभकामना व्यक्त गरेको छ।





