पोखरा । गरिमा विकास बैंक लिमिटेडले २० औं वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा बृहत् रक्तदान कार्यक्रम गरेको छ । मंसिर ७ गते सम्पन्न रक्तदानबाट कुल ७ सय १३ युनिट रगत संकलन भएको बैंकले जनाएको छ । रगत अभाव भएका बिरामीको उपचारमा सघाउ पु¥याउन बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान गरेको हो ।
काठमाडौँको बालुवाटारस्थित केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम सञ्चालन भयो । सुनसरीको इटहरी, धनुषाको जनकपुर, चितवनको नारायणगढ र स्याङ्जाको वालिङमा पनि रक्तदान गरियो । कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा आयोजित कार्यक्रममा उत्साहजनक सहभागिता रह्यो ।
वार्षिकोत्सवकै अवसरमा बैंकले आर्थिक वर्ष २०८२÷८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने ९ वटा शाखा कार्यालयलाई पुरस्कृत गरेको छ । एक समारोहबीच ती शाखाका प्रमुखहरूलाई नगद पुरस्कार र कदरपत्र प्रदान गरियो ।
यसैगरी मंसिर ५ गते बैंकले काठमाडौँमा गरिमा रोड रेसको तेस्रो संस्करण गरिमा रोड रेस २०८३ आयोजना गरेको थियो । ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ नारासहित भएको दौडमा १ हजार ४ सयभन्दा बढी धावक सहभागी थिए । शारीरिक सक्रियता र खेलकुदप्रति आकर्षण बढाउन आयोजित प्रतियोगिताले सकारात्मक सामाजिक सन्देश दिएको बैंकको विश्वास छ ।
स्थापनाको दुई दशक पूरा गरेको अवसरमा बैंकले सम्पूर्ण सेवाग्राही, सेयरधनी, नियामक निकाय, सञ्चार जगत, कर्मचारी, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ ।






