पोखरा । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट चुनिएका नयाँ पदाधिकारी र फेरिएको विधानको अभिलेख निर्वाचन आयोगले अद्यावधिक गरेको छ । आयोगको बुधबार बसेको बैठकले कांग्रेससम्बन्धी विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले यो निर्णयबारे जानकारी दिए ।
विवरण अद्यावधिक गर्न ढिलाइ हुँदा अनेक कोणबाट प्रश्न उठेका थिए । समयमै अभिलेख नराख्दा पार्टीको वैधानिकता, निर्णय प्रक्रिया र महाधिवेशनको स्वीकार्यतामाथि विभिन्न आशंका उब्जिएका थिए । आयोगको पछिल्लो निर्णयसँगै ती आशंका र प्रश्न मत्थर हुने ठानिएको छ ।





