Latest
पोखराको हल्लनचोकमा सवारी दुर्घटना- एकजनाको मृत्यु
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्था र वार्षिक रुपमा हुने आयातको विवरण उपलब्ध गराउन निर्देशन


स्पञ्ज आइरन र बिलेट्सको भन्सार महशुल एवं अन्तःशुल्कका विषयमा थप अध्ययन र उद्योगको अवलोकन गर्न सात सदस्यीय उपसमिति गठन 
संसदीय समितिले स्पञ्ज आइरन र बिलेट्सको भन्सार महशुल एवं अन्तःशुल्कका विषयमा थप अध्ययन र उद्योगको अवलोकन गर्न उपसमिति गठन गरेको छ । 

मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ७ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिको सदस्यहरुमा कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, गीता बस्नेत, दुर्लभ थापा, रेखा यादव, लक्ष्मी बहादुर कोइरी, सूर्यमान तामाङ रहनुभएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले बताउनु भयो । 
उहाँले भन्नुभयो, स्पञ्ज आइरन र बिलेट्सबीच भन्सार महशुल एवं अन्तःशुल्कका विषयमा थप अध्ययन र उद्योगको अवलोकन गर्न उपसमिति गठन गर्ने भन्ने निर्णय २० गतेको बैठकले गरेको थियो । सोही अनुसार आज नाम प्राप्त भएको छ । उपसमितिमा कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, गीता बस्नेत, दुर्लभ थापा, रेखा यादव, लक्ष्मी बहादुर कोइरी, सूर्यमान तामाङ हुनुहुन्छ ।’


संसदीय समितिको बैठकले नेपालमा सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्था र वार्षिक रुपमा हुने आयातको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । नेपालमा सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्था र वार्षिक रुपमा हुने आयातको विवरण उपलब्ध गराउन सरकारलार्य निर्देशन दिएको हो । 


उहाँले भन्नुभयो, ‘सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको स्वीकृतिका सम्बन्धमा छलफल हुँदा देहाय बमोजिमको थप विवरण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय विवरण विभागबाट लिनुपर्ने भएकाले गर्दा नेपालमा सञ्चालित विभिन्न किसिमका सुर्ती, खैनी तथा गुट्खा उद्योगको विवरण लिने, सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्थाबारे विवरण उपलब्ध गराउने, वार्षिक रुपमा हुने आयातको विवरण समेत समितिलाई उपलब्ध गराउन निर्देशन दिने ।’

समितिको निर्णय सुनाउँदै समिति सभापति अब्दुल खानले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय विवरण विभागलाई सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्था र वार्षिक रुपमा हुने आयातको विवरण उपलब्ध गराउन निर्देशन दिनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist