Latest
पोखराको हल्लनचोकमा सवारी दुर्घटना- एकजनाको मृत्यु
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

पाकिस्तानको १९ सदस्यीय संघीय मन्त्रिपरिषद्द्वारा शपथग्रहण

नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफको १९ सदस्यीय संघीय मन्त्रिपरिषद्ले राजधानी इस्लामावादको राष्ट्रपति भवनमा आयोजित एक समारोहमा शपथ लिएको छ । राष्ट्रपति आसिफ अली जर्दारीले १८ जना संघीय मन्त्री र एक राज्यमन्त्री रहेका मन्त्रिपरिषद्का सदस्यहरुलाई शपथ गराउनुभएको हो । यसअघि प्रधानमन्त्रीले संघीय मन्त्रिपरिषद्मा समावेश गर्नका लागि राष्ट्रपतिसमक्ष १९ वटा नाम सिफारिस गर्नुभएको थियो । जसमध्ये अधिकांश पाकिस्तान मुस्लिम लिग–नवाजका थिए ।

देशको नवगठित गठबन्धन सरकारको प्रमुख राजनीतिक दल पाकिस्तान पिपुल्स पार्टी पार्टीले निर्णय गरेअनुसार संघीय मन्त्रिपरिषद्को हिस्सा छैन । यद्यपि मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान र इस्तेहकाम–ए–पाकिस्तान पार्टी लगायत अन्य सहयोगी राजनीतिक दलका सदस्यहरूले पनि संघीय मन्त्रीको रूपमा शपथ लिएका छन् । नयाँ मन्त्रिपरिषद्मा राष्ट्रिय सभाका सदस्य, सिनेटर र टेक्नोक्रेटहरू समावेश छन् । मन्त्रिपरिषद् सदस्यहरूको लागि विभागहरू पछि घोषणा गर्ने अपेक्षा गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist