• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न आवश्यकः उपप्रधानमन्त्री यादव

नीतिप्रेस by नीतिप्रेस
March 14, 2024
in घटना, जीवनशैली, नेपाली समाचार आजको, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालले जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न विभिन्न उपायहरू अवलम्वन गरिरहेको बताउनुभएको छ । 


बिहीवार काठमाडौंमा ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नविन केन्द्र’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनको प्रतिकुल प्रभावलाई न्युनिकरण गर्ने प्रयासमा सरकारले काम गरिरहेको बताउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रमा जलवायु परिवर्तनको महत्वलाई ध्यानमा राखी सरकारले मुख्यतया अनुकुलनका साथै न्युनिकरणका उपायहरू अवलम्वन गरिरहेको जिकिर गर्नुभयो । 


उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनको प्रभावबाट नेपाल धेरै प्रभावित भएको कुरा हामी सबैलाई थाहा छ । जलवायु परिवर्तन, जसको लागि हामी जिम्मेवार छैनौं । नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा वकालत गर्दै आएको छ । जलवायु परिवर्तनको प्रतिकुल प्रभावलाई न्युनिकरण गर्ने प्रयासमा हामी लागिरहेका छौँ । स्वास्थ्य क्षेत्रमा जलवायु परिवर्तनको महत्वलाई ध्यानमा राखी हामीले मुख्यतया अनुकुलनका साथै न्युनिकरणका उपायहरू अवलम्वन गर्दै आएका छौं । नेपालले दक्षिण एशिया क्षेत्रमा पहिलो राष्ट्रको रूपमा राष्ट्रिय स्वास्थ्य अनुकुलन योजना बनाएको छ र जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न विभिन्न उपायहरू गरिरहेको छ । विभिन्न तहमा वकालत, स्वास्थ्य व्यवसायीहरूको क्षमता अभिवृद्धि, अनुसन्धान अध्ययन, जलवायु संवेदनशील रोग निगरानी प्रणालीको सुदृढीकरण, स्वास्थ्य संस्थाहरूमा जलवायु प्रतिरोधीता र वातावरणीय दिगोपन हामीले कार्यान्वयन गर्दै आएका केही उदाहरण हुन् । हाम्रा न्युनिकरण उपायहरूले राष्ट्रिय र विश्वव्यापी लक्ष्यहरू प्राप्त गर्न केही हदसम्म योगदान पु¥याउनेछ भन्ने हामी दृढ विश्वास गर्छौं ।’

मन्त्री यादवले सरकारले स्वास्थ्य व्यवसायीहरूको क्षमता अभिवृद्धि, अनुसन्धान अध्ययन, जलवायु संवेदनशील रोग निगरानी प्रणालीको सुदृढीकरण, स्वास्थ्य संस्थाहरूमा जलवायु प्रतिरोधीता र वातावरणीय दिगोपन हामीले कार्यान्वयन गर्दै आइरहेको बताउनु भयो । न्युनिकरण उपायहरूले राष्ट्रिय र विश्वव्यापी लक्ष्यहरू प्राप्त गर्न केही हदसम्म योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

Previous Post

जलवायु परिवर्तनले गरिब, महिला, बालबालिका र आदिवासी बढी मारमा परेका छन्ः प्रधानमन्त्री

Next Post

मङ्गोलियामा स्वेच्छिक अभियानमार्फत ५० करोड बढी रुख रोपियो

Next Post

मङ्गोलियामा स्वेच्छिक अभियानमार्फत ५० करोड बढी रुख रोपियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन