Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न आवश्यकः उपप्रधानमन्त्री यादव

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालले जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न विभिन्न उपायहरू अवलम्वन गरिरहेको बताउनुभएको छ । 


बिहीवार काठमाडौंमा ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नविन केन्द्र’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनको प्रतिकुल प्रभावलाई न्युनिकरण गर्ने प्रयासमा सरकारले काम गरिरहेको बताउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रमा जलवायु परिवर्तनको महत्वलाई ध्यानमा राखी सरकारले मुख्यतया अनुकुलनका साथै न्युनिकरणका उपायहरू अवलम्वन गरिरहेको जिकिर गर्नुभयो । 


उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनको प्रभावबाट नेपाल धेरै प्रभावित भएको कुरा हामी सबैलाई थाहा छ । जलवायु परिवर्तन, जसको लागि हामी जिम्मेवार छैनौं । नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा वकालत गर्दै आएको छ । जलवायु परिवर्तनको प्रतिकुल प्रभावलाई न्युनिकरण गर्ने प्रयासमा हामी लागिरहेका छौँ । स्वास्थ्य क्षेत्रमा जलवायु परिवर्तनको महत्वलाई ध्यानमा राखी हामीले मुख्यतया अनुकुलनका साथै न्युनिकरणका उपायहरू अवलम्वन गर्दै आएका छौं । नेपालले दक्षिण एशिया क्षेत्रमा पहिलो राष्ट्रको रूपमा राष्ट्रिय स्वास्थ्य अनुकुलन योजना बनाएको छ र जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न विभिन्न उपायहरू गरिरहेको छ । विभिन्न तहमा वकालत, स्वास्थ्य व्यवसायीहरूको क्षमता अभिवृद्धि, अनुसन्धान अध्ययन, जलवायु संवेदनशील रोग निगरानी प्रणालीको सुदृढीकरण, स्वास्थ्य संस्थाहरूमा जलवायु प्रतिरोधीता र वातावरणीय दिगोपन हामीले कार्यान्वयन गर्दै आएका केही उदाहरण हुन् । हाम्रा न्युनिकरण उपायहरूले राष्ट्रिय र विश्वव्यापी लक्ष्यहरू प्राप्त गर्न केही हदसम्म योगदान पु¥याउनेछ भन्ने हामी दृढ विश्वास गर्छौं ।’

मन्त्री यादवले सरकारले स्वास्थ्य व्यवसायीहरूको क्षमता अभिवृद्धि, अनुसन्धान अध्ययन, जलवायु संवेदनशील रोग निगरानी प्रणालीको सुदृढीकरण, स्वास्थ्य संस्थाहरूमा जलवायु प्रतिरोधीता र वातावरणीय दिगोपन हामीले कार्यान्वयन गर्दै आइरहेको बताउनु भयो । न्युनिकरण उपायहरूले राष्ट्रिय र विश्वव्यापी लक्ष्यहरू प्राप्त गर्न केही हदसम्म योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist