Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

जलवायु परिवर्तनले गरिब, महिला, बालबालिका र आदिवासी बढी मारमा परेका छन्ः प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण गरिब, महिला, बालबालिका र आदिवासी बढी मारमा परेको बताउनुभएको छ ।


बिहीवार काठमाडौंमा ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नविन केन्द्र’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । समुदायमा बढ्दो रोग, कुपोषण, प्रदुषण र प्राकृतिक प्रकोपहरूबाट उत्पन्न हुने जलवायु परिवर्तनका असर कम गर्नका लागि रणनीतिक योजना बनाएर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनका चुनौतिहरूले मानव स्वास्थ्य र वातावरणलाई अन्योलतातर्फ धकेलेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनका असर न्युनिकरण गर्न स्थानीयस्तरमा विस्तृत कार्यक्रमको आवश्यकता देखिएको बताउनु भयो । उहाँले देशको वास्थ्य प्रणाली र सामुदायलाई सशक्त बनाउन अनुसन्धान, नवीनता खोज र स्थानीय ज्ञानको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री दाहालले हरितगृह ग्यास उत्सर्जनलाई उल्लेखनीय रूपमा घटाउनु अहिलेको चुनौति रहेको बताउनु भयो । उहाँले नेपाल जस्तो अतिकम विकसित एवं पहाडी मुलुकहरूका लागि जलवायु परिवर्तनको कठोर वास्तविकता मात्र नभइ त्यसका परिणामहरू ज्यादै महत्वपूर्ण भएको पनि बताउनु भयो । 


उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनका चुनौतिहरूले मानव स्वास्थ्य र वातावरणलाई अन्योलतातर्फ धकेलेको छ । यसले स्थानीयस्तरमा विस्तृत कार्यक्रमको आवश्यकता औंल्याएको छ । हाम्रो स्वास्थ्य प्रणाली र सामुदायलाई सशक्त बनाउन अनुसन्धान, नवीनता खोज र स्थानीय ज्ञानको उपयोग गर्नुपर्छ । जलवायु वैज्ञानिकले स्पष्टरूपमा भनेका छन् । एक दशमलव ५ डिग्री सेल्सियसको सीमालाई पार गर्न हरितगृह ग्यास उत्सर्जनलाई उल्लेखनीय रूपमा घटाउनुपर्छ । विशेषगरी हाम्रो जस्तो अतिकम विकसित एवं पहाडी मुलुकहरूका लागि जलवायु परिवर्तनको कठोर वास्तविकता मात्र नभइ त्यसका परिणामहरू ज्यादै महत्वपूर्ण छन् । यस्ता प्रकोपले सबैभन्दा कमजोरलाई असर गरेको छ । यहाँका गरिब, महिला, बालबालिका र आदिवासी एवं जातीय समूह मारमा पारेका छन् ।’

प्रधानमन्त्री दाहालले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गाँसिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि वृहत रणनीति आवश्यक रहेको पनि बताउनु भयो । पहिरो, बाढी, वनजङ्गलको आगलागी, हिमतालको बिस्फोट र खडेरीहरू बारम्बार र भयावह हुँदै गएको बताउनु भयो । पछिल्ला प्रतिवेदनअनुसार जलवायु परिवर्तनको असरकार कारण प्राकृतिक हिमश्रृंखला र विश्वव्यापी स्रोतहरूको एक तिहाइ गुमेको बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist