• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

निर्माणमुखी सामग्री निकासी गर्नसक्ने गरी विधेयक ल्याउनु हुँदैनः रघुजी पन्त

नीतिप्रेस by नीतिप्रेस
March 14, 2024
in अन्य, नेपाली समाचार आजको, राजनीति, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेका नेता रघुजी पन्तले नेपालका खानीहरुमा रहेको निर्माणमुखी सामग्री निकासी गर्नसक्ने गरी विधेयक ल्याउन नहुने बताउनुभएको छ । 


बिहीवार प्रतिनिधि सभा बैठकमा भएको निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन विधेयक, २०८० माथिको छलफल बोल्दै नेता पन्तले यस्तो बताउनुभएको हो । उहाँले विधेयकमा सरकारले नेपालको खोला नदीमा भएका गिट्टी,बालुवा,ढुङ्गा जस्ता निर्माण सामग्री निकाय गर्न पाउने व्यवस्था राखेको भन्दै निर्माणजन्य सामग्री विदेशमा निर्यात गर्न पाउने विषय तत्काल हटाउन माग गर्नुभयो । उहाँले मुलुकभित्र रहेका निर्माणजन्य सामग्रीहरु विदेशमा निर्यात गर्ने भन्दा पनि मुलुकभित्रै खपत गर्नुपर्ने बताउनु भयो । उहाँले विधेयकको दफा ४२ मा सरकारले चाहेमा निकासीमा रोक लगाउन सक्ने भन्ने शब्दले निर्माण सामग्रीको स्रोतबाट गिट्टी,वालुवा,ढुङ्गा जस्ता निर्माण सामग्री निकासी गर्नसक्ने बुझिएकाले हटाउन माग गर्नुभयो । उहाँले सर्वोच्च अदालतले निर्माण सामग्री विदेश निकाय गर्न रोक लगाएकाले त्यो विषयमा सरकारले कानून बनाउन नहुने बताउनु भयो । उहाँले नेपाल आफैँ विकाउन्मुख देश भएकाले धेरै पूर्वाधारहरु बनाउनुपर्ने अवस्था रहेको भन्दै सडक पूर्वाधार, जलविद्युत, पुल बनाउन आफैँलाई निर्माण सामाग्री आवश्यक हुने बताउनु भयो । उहाँले नाफाको लागि निकासी गर्न छुट दिने हो भने भविष्यमा आवश्यक परेको खण्डमा यस्ता निर्माण सामग्री नेपालले पाउन नसक्ने बताउनु भयो । 


उहाँले भन्नुभयो,‘निर्माणसँग सम्बन्धित रोड,गिट्टी वालुवाको प्रयोग ठिक ढङ्गले गर्नुपर्छ । सही तरिकाले प्रयोग गरियो भने सधैँ प्राप्त हुन्छ । बेठिक ढङ्गले प्रयोग गरियो भने समाप्त भएर जान्छ पुनः उत्पादन गर्न सकिँदैन । यो विधेयकको दफा ४२ मा सरकारले चाहेमा निकासीमा रोक लगाउन सक्ने भन्ने छ । यसले यस्तो स्रोत निकासी गर्नसक्ने भन्ने बुझिन्छ । यो विषय सर्वोच्च अदालतले रोक लगाएको छ । सर्वोच्च अदालतमा विचाराधिन रहेकाले सरकारले कानून ल्याउन मिल्दैन । मेरो पनि मान्यता के छ भन्दा निर्माण सामग्री नेपालभित्र प्रयोग गर्ने हो । नेपाल आफैँ विकाउन्मुख देश हो । धेरै पूर्वाधारहरु बनाउनुपर्छ । सडक पूर्वाधार, जलविद्युत, पुल बनाउन यी सामग्री चाहिन्छ । अहिले नाफाको लागि निकासी गर्न छुट दियौं भने भोली आवश्यक परेको खण्डमा यस्ता निर्माण सामग्री नेपालले पाउँदैन । त्यसैले यस्तो कानून हटाउनुपर्छ । निर्माणमुखी सामग्री प्रयोग गर्दा दीर्घकालिन स्रोतको रुपमा हेर्नुपर्छ । हाम्रो वातावरण र जलवायु परिर्वतनलाई थप असर पु¥याउने कुरामा सचेत हुनुपर्छ । हरेक पटक आउँछ । यो छिमेकी देशको दबाब हो की जस्तो पनि लाग्छ । उनीहरुलाई अत्याधिक निर्माण सामग्री आवश्यक भएको छ ।’

उहाँले निर्माणमुखी सामग्री प्रयोग गर्दा दीर्घकालिन स्रोतको रुपमा हेर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वातावरण र जलवायु परिवर्तनलाई थप असर पु¥याउने कुरामा सचेत भएर निर्माणजन्य सामग्रीको प्रयोगमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले छिमेकी देशको दबाबले हरेक पटक निर्माणजन्य सामग्री निकासीको विषय आउने गरेको बताउनु भयो ।

Previous Post

निर्माणमुुखि सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि सैद्धान्तिक छलफल प्रारम्भ

Next Post

संघीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधि सभामा प्रश्तुत

Next Post

संघीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधि सभामा प्रश्तुत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन