• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्रीलाई काँग्रेस सांसद पन्तको प्रश्नः गोरखकाली रबर उद्योग कहिले सञ्चालन हुन्छ ?

नीतिप्रेस by नीतिप्रेस
March 15, 2024
in अर्थ/वाणिज्य, नेपाली समाचार आजको, फिचर, राजनीति, विचार, समाचार
0
प्रधानमन्त्रीलाई काँग्रेस सांसद पन्तको प्रश्नः गोरखकाली रबर उद्योग कहिले सञ्चालन हुन्छ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद एवं पूर्वमन्त्री कमला पन्तले गोरखाकाली रबर उद्योग सञ्चालनमा ल्याउने प्रतिवद्धता तत्काल पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिनुभएको छ । 


शुक्रवार बसेको राष्ट्रिय सभा बैठकको प्रादेशिक सरोकार समयमा बोल्दै उहाँले सो उद्योग संचालनमा ल्याउन आफैँले गरेको प्रतिवद्धता कहिले पूरा हुन्छ ? भनि प्रधानमन्त्री दाहाललाई प्रश्न समेत गर्नुभयो । प्रधानमन्त्री दाहालको निर्वाचन क्षेत्र गोरखामा रहेको सो उद्योग हाल सञ्चालनमा नआएकाले त्यसलाई तत्काल सञ्चालनमा ल्याउनुपर्ने सांसद पन्तको भनाई थियो । उहाँले सो उद्योग गण्डकी प्रदेशकै गौरव भएकाले पनि त्यसको सञ्चालनमा सरकारले ढिलाई गर्न नहुने बताउनु भयो । सांसद पन्तले सरकारले उत्पादनको क्षेत्रमा लगानी बढाउने राष्ट्रिय पूँजी वृद्धि गर्ने कामलाई प्राथमिकता दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । 
उहाँले भन्नुभयो, ‘अर्को गोरखामा रहेको गोरखकाली रवर उद्योग । हामीसँग पुरातात्विक कुराहरु त छँदैछन् । मनकामना, गोरखकाली, मुक्तिनाथ । त्यसपछि गएर बागलुङ भगवती । त्यो छ छँदैछन् । तर हामी गण्डकी प्रदेशमा उत्पादनमा पनि अघि थियौं । त्यसमा पनि पहाडमा एउटा अत्यन्त गौरव गर्न लायक एउटा गोरखकाली रवर उद्योग थियो । २०७१ सालसम्म यसले उत्पादन दिएको थियो । कुन सरकारले कति ग¥यो, म त्यतातिर जान्न । तर यो उद्योग किन सञ्चालनमा आएन भन्नेतिर म जाँदैछु । र प्रधानमन्त्रीको जिल्ला पनि हो गोरखा । प्रधानमन्त्रीले हरेक ठाउँमा गोरखाकाली रवर उद्योग म चलाउँछु भनेर भाषण गरेर आउनुभएको थियो । बोल्न मात्रै हो भने प्रधानमन्त्रीज्युलाई मेरो भन्नु केही छैन । तर बोलेको कुरा पूरा गर्ने हो भने अव कति महिनामा यो उद्योग सञ्चालन गर्छु भन्नुहुन्छ ? त्यसको जवाफ पनि खोजेको छु । यो गण्डकी प्रदेशकै गौरव हो–गोरखकाली रवर उद्योग । अहिले त्यो सञ्चालनमा छैन । त्यसलाई सञ्चालन गर्छु भनेर प्रतिवद्धता जनाएर आउनुभएका प्रधानमन्त्रीले कहिलेदेखि सुरु गर्नु हुन्छ ? म जवाफ खोज्न चाहन्छु ।’


सांसद पन्तले विकास, निर्माणको काममा ढिलाई गर्ने छुट सरकारलाई नभएको पनि बताउनु भयो ।

Previous Post

रोल्पाको सुनखानी उत्खनन गर्न माग

Next Post

आगामी आर्थिक वर्षको बजेट मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा केन्द्रित हुनुपर्दछः राष्ट्रिय सभाका सांसदहरु

Next Post
आगामी आर्थिक वर्षको बजेट मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा केन्द्रित हुनुपर्दछः राष्ट्रिय सभाका सांसदहरु

आगामी आर्थिक वर्षको बजेट मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा केन्द्रित हुनुपर्दछः राष्ट्रिय सभाका सांसदहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन