• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

शुन्य समयमा बोल्दै सांसदहरु

नीतिप्रेस by नीतिप्रेस
March 15, 2024
in अन्य, राजनीति, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले सहकारी ठगि प्रकरणमा गृहमन्त्रीको नाम जोडिएको भन्दै गृहमन्त्रीको राजीनामाको माग गरेका छन् । 


शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएकोले गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका हुन् । बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य अजयकुमार चौरसियाले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्नुभयो । उहाँले सहकारी ठगि र सुन तस्करीमा मुछिएका व्यक्तिहरु सरकारमा रहेको भन्दै दुवैको राजीनामाको माग गर्नुभयो । उहाँले सरकारले किसानलाई उन्नत जातको बिउ, मलखाद, सिंचाइँको प्रवन्ध गर्न नसकेको बताउनु भयो । 


उहाँले भन्नुभयो – ‘सहकारी पीडितहरु आन्दोलनमा हुनुहुन्छ । सरकार सहकारीबाट ठगि एवं सुन तस्करीमा मुछिएका व्यक्तिहरु सरकारमा हुनुहुन्छ । म अविलम्व राजीनामा दिन माग गर्न चाहन्छु । कृषि, रोजगार, स्वास्थ्य र शिक्षाको उन्नति बिना कुनैपनि राष्ट्रको उन्नति हुन सक्दैन । तैपनि सुधारको केही गर्न नसकेको अवस्था छ । नचाहेको अवस्था पनि छ । किसानलाई उन्नत जातको बिउ, मलखाद, सिचाइँको समुचित प्रवन्ध गर्न नसक्ने सरकार छ ।’

प्रतिनिधि सभा सदस्य अञ्जनी श्रेष्ठले सुन काण्ड र सहकारी काण्डका मन्त्रीहरुको नाम मिडियाबाट मेटाउन गठबन्धन भएको टिप्पणी गर्नुभयो । उहाँले विवादित विषयमा मन्त्रीहरुले सदनलाई स्पष्ट पार्नुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘सुन काण्ड, सहकारी काण्डका मन्त्रीहरुको नाम मिडियाबाट कसरी मेटाउने भन्ने बारेमा पो गठबन्धन भएको रहेछ । यि मन्त्रीहरुले यो सदनलाई स्पष्ट जानकारी गराउनुपर्ने कि नपर्ने ? म प्रश्न गर्दछु ।’

प्रतिनिधि सभा सदस्य अनिशा नेपालीले बैंकहरुले ऋण लगानी गरेवापत चर्को ब्याज असुली गरिरहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । 
उहाँले भन्नुभयो – ‘बैंक, वित्तिय संस्थाहरुले जथाभावि रुपमा लगानी गरेर ऋणीलाई उठिबास लगाएको सर्वविदित नै छ । साँवा, ब्याज फिर्ता पाउँ भनि यसका विरुद्ध पीडितहरुले आन्दोलन गरीरहेका छन् । एकातिर कुनै व्यक्तिले कपाली तमसुक गरी ऋण दिएमा दश प्रतिशत ब्याज असुली गर्न पाउने भनी कानूनी व्यवस्था छ । तर अर्कोतर्फ सबै बैंकले ऋण लगानी गरेवापत् चर्को व्याज असुल मात्र गरेका छैनन् । सेवा शुल्क भनेर रकम असुल गर्ने र ब्याजलाई साँवामा परिणत गरेर जथाभावि ब्याजमाथि ब्याज लगाउने अपराधिक कामहरु गरेका छन् । यस्तो मनपरीतन्त्रलाई तत्काल नियन्त्रण गर्न र पीडितहरुको माग सम्बोधन गर्न सरकारकासँग जोडदार माग गर्दछु ।’

प्रतिनिधि सभा सदस्य अम्बिका बस्नेतले बालकुमारी घटनाको छानविन समिति संसदमा पेश नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । 
उहाँले भन्नुभयो – ‘बालकुमारी घटनाका हत्यारालाई पत्ता लगाउन छानविन समिति बन्यो । छानविन समितिको रिपोर्ट आयो त्यो प्रतिवेदन यहाँ पेश भएन । हत्यारालाई कारबाही भएन । अनुसन्धानको घेरामा भएका मन्त्रीहरुलाई बर्खास्त गर्नुपर्छ भनेर बारम्बार संसदमा अवरोध भयो तर अहिले ?’ 

प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले देश तस्कर र शक्तिशालीहरुको लुटको महाजालोमा फसेको बताउनु भयो । उहाँले विगतमा ३३ किलो सुन प्रकरणको छानविन समितिको प्रतिवेदन गायब भएको भन्दै अहिले आएको प्रतिवेदन नहराओस् भनि सचेत गराउनु भयो । उहाँले दोषी उपर कारबाही हुनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘देश तस्कर र शक्तिशालीहरुको लुटको महाजालोमा फसेको छ । ३३ किलो सुन छानविन समितिको प्रतिवेदन गायव गरिएको छ । अहिलेपनि प्रतिवेदन आएको छ त्यो हराउने काम नहोस् । जो दोषि छन्, जो संलग्न छन् तिनीहरुमाथि सम्पूर्ण रुपले कारबाही होस् । एनसेल काण्डको प्रतिवेदन सार्वजनिक गरियोस् । यसलाई लुकाएर नराखियोस् ।’

प्रतिनिधि सभा सदस्य कुसुनदेवी थापाले सहकारीको रकम अपचलनको आरोप लागेका व्यक्ति नै सरकारमा रहेको भन्दै दुधको साक्षि बिरालो राखिएको टिप्पणी गर्नुभयो ।

यसका साथै शुन्य समयमा बोल्ने अन्य सांसदहरुले आ–आफ्नो क्षेत्रको विकास निर्माणका कामको सम्बन्धमा कुरा राख्नुभएको थियो । 

Previous Post

आगामी आर्थिक वर्षको बजेट मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा केन्द्रित हुनुपर्दछः राष्ट्रिय सभाका सांसदहरु

Next Post

सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा तयार, आजै शिर्ष नेताहरूलाई बुझाउने तयारी

Next Post

सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा तयार, आजै शिर्ष नेताहरूलाई बुझाउने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन