Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

काँग्रेस सांसद केसीले भने–पुन र सुनको सम्बन्ध के हो, स्पष्ट होस्

नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको काठमाडौंस्थित घर कुन स्रोतले बनेको हो स्पष्ट पार्न आग्रह गर्नुभएको छ । 


शुक्रवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद केसीले १० वर्षअघि दुईवटा कोठाको डेरामा बसेका उपराष्ट्रपति पुनको अहिले आलिशान महल बनेको भन्दै आर्थिक स्रोतबारे स्पष्ट पार्न माग गर्नुभएको हो । उहाँले आर्थिक स्रोत स्पष्ट पार्न सभामुखले रुलिङ गर्नुपर्ने माग समेत गर्नुभयो । त्यस्तै सुन तस्करहरुसँग अर्थमन्त्री वर्षमान पुनको टेलिफोन सम्पर्क भएको विवरण सार्वजनिक भएको भन्दै तस्करसँगको कुराकानीको अडियो नै संसदमा सुनाउन माग गर्नुभयो । 


उहाँले भन्नुभयो –‘उहाँले(गृहमन्त्री रवि लामिछाने) सहकारीबाट ४६ लाख रुपैयाँको गाडी चढ्नुभएको रहेछ । यो घोर आपत्तिजनक कुरा छ । उहाँ सहकारी सदस्य नभएको नाताले उहाँले लिन मिल्दैन । सहकारी पीडितहरुलाई उहाँले कसरी सम्बोधन गर्नुहुन्छ ? गम्भिर आशंका छ । त्यसैले म भन्छु रविजी तपाई पीडक हो । पीडकले पीडितलाई न्याय दिन सक्दैन । तपाईले यसको अनुसन्धान नहुन्जेलसम्म विश्राम गरेर बस्नुहोला । तपाई ठिक भएको अवस्थामा आउनुहोला । अहिले कुनै हालतमा तपाईलाई गृहमन्त्री स्वीकार्नेवाला छैनौँ । अहिले बजारमा पुन र सुनको कुरा आएको छ । वर्षमान पुन आज सुनसँग जोडिनु भएको छ । सुनका आरोपित कारागारमा छन् । उहाँले सुन तस्करसँग १९ पटक टेलिफोन वार्ता ग¥यो भनेर अखबारमा आइरहेको छ । उहाँले के के कुरा गर्नुभयो, सुन तस्करसँग के–के छलफल भयो त्यो कुरा यो हाउसमा भ्वाइस डिटेल सुनाउन अनुरोध गर्न चाहान्छु । दश वर्ष अगाडी उहाँ(नन्दबहादुर पुन) कपनको कुनै ठाउँमा डेरामा दुई कोठामा बस्नुहुन्थ्यो । आज पाँच रोपनी जग्गामा आलिशान दरबारमा उहाँ राज भइ बक्सेको छ । म चाहान्छु त्यो पैसा कहाँबाट आयो ? कसरी त्यो दरबार बन्यो ? त्यसमा सभामुखबाट रुलिङ हुनका लागि भन्दछु । स्रोत के हो ? कसरी धन प्राप्त भयो ? कसरी घर बनाउनुभयो ? सुनसँग पुनको सम्ब

न्ध बारेमा स्पष्ट पार्न अनुरोध गर्दछु ।’
सांसद केसीले गृहमन्त्री रवि लामिछाने सहकारीको पैसाबाट ४६ लाख रुपैयाँमा गाडी चढेको भन्दै सहकारी सदस्य नै नभएको व्यक्तिले सहकारीको पैसा चलाउनु आपत्तिजनक भएको बताउनु भयो । उहाँले गृहमन्त्री लामिछानेलाई मन्त्री स्वीकार्न आफूहरु तयार नभएको स्पष्ट पार्नुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist