Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

लागू औषध उपचार (पुनस्थापना) केन्द्र स्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन

जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा कास्की जिल्ला स्थित लागूऔषध उपचार पुनर्स्थापना केन्द्रहरूमा उपचारार्थ रहेका युवाहरूलाई खेल मार्फत उत्प्रेरणा जगाउने उद्देश्यले लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र स्तरीय मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

 लागू औषधको दुर्व्यसनी एक प्रकारको रोग भएको र यसको समयमा उपचार तथा परामर्श हुनसक्ने पुरानो लयमा फर्कन सक्ने उद्देश्य अनुरूप कास्की जिल्ला स्थित रहेका विभिन्न १० वटा लागू औषध उपचार तथा पुनस्थापना केन्द्रहरूको समन्वयमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता कार्यक्रमको आयोजना गरिएको हो । 

  कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले यस्ता प्रतियोगिताबाट सुधार केन्द्रमा उपचाररत लागू औषध प्रयोगकर्ताको मानसिक तथा शारीरिक अवस्थामा सुधार आउने बताउनुहुँदै यस्ता कार्यक्रमको निरन्तरता तथा आवश्यक रहेको औँल्याउनु भएको थियो । 

 प्रतियोगितामा न्यु भिजन लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र, मानव संरक्षण लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र, नौलो घुम्ती लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र, गेटवे फाउण्डेसन लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र, सेरेनिटि हाउस लागू औषध तथा मद्यपान उपचार केन्द्र, पिएसएसजी लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र, सिएसजी लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र, नव जीवन  नेपाल लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्रबाट टिम ए र टिम बि, हाम्रो परिवार नेपाल लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र, रिचमण्ड फेलोसिप लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र लगायतका केन्द्रका टिमहरूको सहभागिता रहेको छ । 

पोखरा उद्योग वाणिज्य संघ कास्कीका उप महासचिव शोभा गौतमको विशिष्ट आतिथ्यता, विभिन्न सामुदायिक सेवा केन्द्रका अध्यक्ष एवं पदाधिकारीहरू, राईट फर चिल्ड्रेन संस्थाका पदाधिकारी, कास्की जिल्ला स्थित रहेका विभिन्न १० वटा लागू औषध उपचार केन्द्रका पदाधिकारीहरू लगायत विभिन्न सञ्चारकर्मीहरू समेतको उपस्थिति रहेको छ । कार्यक्रम भने ३ गते शनिबार सम्म सञ्चालन रहने कार्यक्रम सञ्चालक ले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist