Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

लगानी सम्मेलनका लागि होटल संघ नेपालका अध्यक्ष साहका पाँच सुझाव

होटल संघ नेपालका अध्यक्ष विनायक साहले सात प्रदेशमा कम्तिमा एक–एक मेगा प्रोजेक्ट लगानी सम्मेलनमा सरकारले देखाउनु सक्नुपर्ने बताउनुभएको छ । 


सरकारले आगामी वैशाख १६ र १७ गते गर्न लागेको लगानी सम्मेलनअघि सात प्रदेशमा कम्तिमा एक–एक मेगा प्रोजेक्ट फाइनल गर्नुपर्ने सुझाव दिनुभएको हो । अध्यक्ष साहले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा लगानी सम्मेलनमा सरकारले विदेशी लगानी आकर्षण गर्नको लागि ठूला मेगा परियोजनाहरु देखाउन आवश्यक रहेको बताउनु भयो । उहाँले मुलुकको पर्यटकीय सम्भावनाको विषयमा प्रचार गर्न आवश्यक रहेको भन्दै त्यसले ठूलो प्रतिफल आउन सक्ने सुझाव राख्नुभयो । अध्यक्ष साहले लगानी सम्मेलनमा सरकारले पर्यटन,आइटी र जलविद्युतलाई प्रमुख प्राथमिकतामा राखेकाले विदेशी र स्वदेशी लगानीकर्ता दुवैलाई प्राथमिकता दिन आवश्यक रहेको बताउनु भयो ।  उहाँले स्वदेशी र विदेशी लगानी संरक्षण गर्नको लागि सरकारले विद्यमान नीति नियम र ऐनहरु परिमार्जन तथा संशोधन गर्न सुझाव दिनुभयो । उहाँले  नेपालका होटलहरु उद्योगको वर्गिकरणमा नपर्ने गरेको भन्दै औधोगिक व्यवसाय ऐन संशोधन आगामी लगानी सम्मेलन भन्दा अघि गर्नु पर्ने बताउनु भयो।  उहाँले  विगतमा भएका लगानी सम्मेलनमा के कस्ता कामहरु भए समिक्षा गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले लगानी सम्मेलनमा भएका प्रतिवद्धता सम्मेलनपछि कति कार्यान्वयन भए÷नभएको अनुगमन गर्न आवश्यक देखिएको बताउनु भयो । उहाँले विदेशी चेन होटल र स्वदेशी लगानीमा सञ्चालन भएका होटललाई समान्न रुपमा हेर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले लगानी सम्मेलनको विषयमा सरकारले पर्यटन व्यवसायीहरुसँग छलफल गर्न आवश्यक रहेको बताउन बताउनु भयो । 


पाँच सुझाव यस्ता छन् ः 
तेस्रो लगानी सम्मेलनमा सरकारले पर्यटन,आइटी र जलविद्युतलाई प्रमुख प्राथमिकतामा राखेको छ । नेपालका पर्यटकको व्यापक सम्भावना छ । तर सम्भावना हुँदाहुँदै पनि त्यसबाट प्रतिफल पाउन नसकेको अवस्थामा नेपालले कति पर्यटकलाई सेवा दिनसक्छ । होटल क्षेत्रको आवश्यक विकास गरिसकेका छौं । लगानी सम्मेलनमा विदेशी र स्वदेशी लगानीकर्ता दुवैलाई प्राथमिकता दिनुपर्छ । 


स्वदेशी र विदेशी लगानी संरक्षण गर्नको लागि सरकारले विद्यमान नीति नियम र ऐनहरु परिमार्जन तथा संशोधन हुनुपर्छ । नेपालका होटलहरु उद्योगको वर्गिकरणमा पर्दैनौं । उद्योगमा दर्ता गरेर लगानी गरे पनि सरकारी सेवा सुविधाहरु हेर्दा सेवा क्षेत्रको मात्रै पाइन्छ । औधोगिक व्यवसाय ऐन संशोधन आगामी लगानी सम्मेलन भन्दा अघि गर्नुपर्छ । 
विगतमा भएका लगानी सम्मेलनमा के कस्ता कामहरु भए समिक्षा गर्न आवश्यक छ । लगानी सम्मेलनमा भएका प्रतिवद्धता सम्मेलनपछि कति भए भएन भन्ने अनुगमन गर्न आवश्यक छ । त्यो भएको छ वा छैन समिक्षा गर्नुपर्छ । 


विदेशी चेन होटल र स्वदेशी लगानीमा सञ्चालन भएका होटललाई समान्न रुपमा हेर्नु आवश्यक छ । लगानी सम्मेलनको विषयमा सरकारले पर्यटन व्यवसायीहरुसँग छलफल गर्नु आवश्यक छ । ठूला छाता संगठनहरुसँग मात्रै छलफल गरेको देखिन्छ । लगानी सम्मेलनको विषयमा प्रत्यक्ष रुपमा छलफलमा सहभागिता गराउनु पर्छ । 
सरकारले लगानी सम्मेलनमा विदेशी लगानी आकर्षण गर्नको लागि ठूला मेगा परियोजनाहरु देखाउन सक्नुपर्छ । सात प्रदेशमा एक–एक वटा मेगा परियोजनामा लगानी आउने गरी सरकारले तयारी गर्नुपर्छ । मुलुकको पर्यटकीय सम्भावनाको विषयमा प्रचार गर्नसके अझ ठूलो प्रतिफल आउन सक्नेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist