दक्षिणी लेबनानको तटीय शहर टायर नजिकै कारलाई लक्षित गरी इजरायली ड्रोन हमलामा हमासका एक सदस्यको मृत्यु भएको छ ।
एकजना यात्रुको पनि मृत्यु भएको बताइएको छ ।
हवाई आक्रमणमा लेबनानमा आफ्नो सशस्त्र शाखाका सदस्य हादी मुस्तफा मारिएको बताइएको छ ।
इजरायली सेनाले टायर क्षेत्रमा हमला गरेको स्वीकारेको छ । मारिएको अर्को व्यक्ति सिरियाली नागरिक भएको बताएको छ ।
जो लक्षित कारको नजिक मोटरसाइकलमा थिए । झडपमा परी दुई जना घाइते भएको समेत बताइएको छ ।