Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

रुस राष्ट्रपति चुनावः ९५.०४ प्रतिशत मत गणना, पुटिन ८७.३२ प्रतिशत मतका साथ अगाडि

राष्ट्रपति चुनाव जित्ने तयारीमा रहनुभएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रिय लक्ष्य हासिल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

रूसका वर्तमान राष्ट्रपति र राष्ट्रपति पदका उम्मेदवार भ्लादिमिर पुटिन पुनः चुनाव जित्ने तयारीमा हुनुहुन्छ । उहाँले सोमवार बिहान राष्ट्रिय विकास लक्ष्यहरू प्राप्त गर्न सक्दो प्रयास गर्ने बताउनु भयो ।

रुसी केन्द्रीय निर्वाचन आयोगको सोमवार बिहानसम्मको तथ्याङ्क अनुसार पुटिनले सबै मतपत्रको ९५.०४ प्रतिशत मतगणनापछि ८७.३२ प्रतिशत मत प्राप्त गर्नुभएको छ । रुसको राष्ट्रपतीय निर्वाचन नियमावली अनुसार ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारले विजय सुनिश्चित गर्नेछ ।

मस्कोस्थित अभियान मुख्यालयमा पुटिनले सबै दिशामा राष्ट्रिय विकास लक्ष्य हासिल गर्न आफूले सक्दो प्रयास गर्ने बताउनु भयो । रुसमा तीन दिने राष्ट्रपतीय निर्वाचन शुक्रवारबाट शुरु भएको छ । अन्तिम परिणामहरू मार्च २८ भन्दा पछि सिइसीद्वारा पुष्टि गरिनेछ  । पुष्टि भएको तीन दिन भित्र घोषणा गरिनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist