Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

दक्षिण अफगानिस्तानमा सडक दुर्घटनामा २१ जनाको मृत्यु

अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा आईतबार भएको सडक दुर्घटनामा २१ यात्रुको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता मौलावी मोहम्मद कासिम रियाजले बताउनुभएको छ ।

हेरात जाँदै गरेको यात्रुवाहक बसले ट्यांकर र मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनाको कारण लापरवाही ड्राइभिङ हुनसक्ने बताइएको छ । दुर्घटनाबारे अनुसन्धान शुरु गरिएको छ ।

अफगानिस्तानमा विगत १० महिनामा सडक दुर्घटनाका कारण १ हजार ६ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । साथै ४ हजारभन्दा बढी घाइते भएको देशको ट्राफिक प्रहरी महानिर्देशनालयले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist