Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

जोर्डन, जर्मनीद्वारा रफाहमा इजरायली आक्रमण बिरुद्ध चेतावनी

जोर्डनका राजा अब्दुल्लाह द्वितीय र भ्रमणमा रहेका जर्मन चान्सलर ओलाफ स्कोल्जले आईतवार गाजाको रफाहमा इजरायली आक्रमणको जोखिम बिरुद्ध सचेत रहन आग्रह गर्नुभएको छ ।

जोर्डनको बन्दरगाह शहर अकाबामा भएको बैठकमा राजाले गाजामा तत्काल युद्धविरामको आवश्यकतामा जोड दिनुभयो । नागरिकहरूको रक्षा गर्न र सो क्षेत्रका मानिसहरूलाई मानवीय सहायता पु¥याउनको लागि बढ्दो प्रयासहरूको लागि आह्वान समेत गर्नुभयो ।

राजाले वेस्ट बैंक र गाजामा प्यालेस्टिनीहरूको कुनैपनि जबरजस्ती विस्थापन र उनीहरूलाई विभाजन गर्ने कुनैपनि प्रयासको बिरूद्धमा जोर्डन रहेको बताउनु भयो । दुई नेताले रफाहमा इजरायली आक्रमणको खतराबारे चेतावनी दिनुभयो । युद्धले गाजामा मानवीय संकटलाई बढावा दिने बताउनु भयो ।

बैठकले दुई राज्य समाधानमा आधारित निष्पक्ष र समावेशी शान्ति प्राप्त गर्न राजनीतिक रूपरेखा स्थापना गर्न प्रभावकारी कदम चाल्न आग्रह गर्दै यस क्षेत्रको शान्तिलाई सहज बनाउन युरोपेली संघको भुमिकालाई पनि जोड दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist