• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

नीतिप्रेस by नीतिप्रेस
March 24, 2024
in अन्य, खेलकुद समाचार, नेपाली समाचार आजको, फिचर, राजनीति, विचार, विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 


आईतवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नेम्वाङलाई सो निर्वाचन क्षेत्रको उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो । एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवाषचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो निर्वाचनन क्षेत्र खाली थियो । सोही निर्वाचनमा क्षेत्रमा एमालेले उहाँका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कानून व्यवसायीमा रुपमा लागेको सुहाङले यसअघि नै निर्वाचनका लागि आफ्नो गतिविधिलाई अघि बढाइ सक्नुभएको थियो । त्यसैगरी बैठकले बझाङ प्रदेश १ को उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ । दुवै उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानमा सिंगो पार्टी पंक्तिलाई जुट्न र अन्य दलहरुको पनि सहयोगका लागि बैठकले अपिल गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । 


उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘यो बैठकले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट पार्टीको तर्फबाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । र, त्यस्तै गरी बझाङको प्रदेशसभा १ बाट दमनबहादुर भण्डारी जो हाम्रो पार्टीको जिल्ला अध्यक्ष पनि हुनुहुन्छ । उहाँलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । र, सिंगो पार्टी शक्ति नेकपा एमालेको विजयी केन्द्रित हुने, गर्ने र अरु पार्टीलाई पनि हाम्रो उम्मेदवारको पक्षमा सहयोग, समर्थन र सदभावका लागि अपिल गर्ने निर्णय पनि गरेको छ । यस बाहेक बैठकले अस्ती मात्रै मस्को बाहिरको एउटा कन्सर्टमा भएको आतंककारी हमला, जसमा १३० जना भन्दा बढि निर्दोष नागरिकहरुको ज्यान गएको छ । त्यसको निन्दा र भत्सर्ना गरेको छ । यसका अतिरिक्त विगत बैठकमा पार्टीका केन्द्रिय सदस्य ऐन महरले राजीनामा दिनु भएको थियो । त्यो राजीनामा स्विकृत पनि गरेको थियो पार्टीले । पछि उहाँले फेरी सक्रिय भएर काम गर्ने, निष्ठा र इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हुनाले पार्टीको विधानको धारा ६५ अनुसार उहाँलाई केन्द्रिय सदस्यमा मनोनयन गर्ने निर्णय पनि गरेको छ । यस बाहेक आज होलीकै दिन बैठक बसेको हुनाले सबै नेपाली दाजुभाई दिदीबहिनीहरुमा होलीको शुभकामना पनि पार्टीको तर्फबात व्यक्त गरिएको छ ।’


एमालेले ऐन महरलाई पार्टी केन्द्रिय सदस्यमा मनोनित पनि गरेको छ । उहाँले पार्टीमा सक्रिय भएर इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता जनाएकाले पुन केन्द्रिय सदस्यमा मनोनित गर्ने निर्णय गरिएको पनि पार्टी उपमहासचिव ज्ञवालीले बताउनु भयो ।

Previous Post

टर्की प्रहरीद्वारा २४ आईएस सदस्य पक्राउ

Next Post

जनतामा आशा र भरोसा जगाउने काममा केन्द्रित हुन सरकारलाई एमालेको सुझाव

Next Post

जनतामा आशा र भरोसा जगाउने काममा केन्द्रित हुन सरकारलाई एमालेको सुझाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन