• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जनतामा आशा र भरोसा जगाउने काममा केन्द्रित हुन सरकारलाई एमालेको सुझाव

नीतिप्रेस by नीतिप्रेस
March 24, 2024
in अन्य, राजनीति, विचार, समाचार
0
जनतामा आशा र भरोसा जगाउने काममा केन्द्रित हुन सरकारलाई एमालेको सुझाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले जनतामा आशा र भरोसा जगाउने काममा केन्द्रित भएर काम गर्न सरकारलाई सुझाव दिएको छ । 


आईतवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नयाँ सत्ता समिकरण बनेपछि जनतामा आशाको सञ्चार गराएको निष्कर्ष निकाल्दै जनसरोकारको विषयमा अझ बढी केन्द्रित भएर अघि बढ्न सरकारलाई सुझाव दिएको हो । सरकारको कामलाई अझ बढी प्रभावकारी बनाउँदै, समाजमा रहेको निराशालाई चिर्दै अवरुद्ध विकास, समृद्धि र सुशासनको प्रक्रियालाई नयाँ गति दिने र देशको राष्ट्रिय हितको रक्षा र सम्वद्र्धनमा केन्द्रित भएर लाग्ने संकल्प पनि पार्टीले गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताउनु भयो । त्यसैगरी एमालेले रुसको मस्को नजिकै कन्सर्टमा १३० जनाको ज्यान जाने गरी भएको आतंककारी हमलाको बिरोध पनि गरेको छ ।


उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘यो बैठकमा हामीले पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा गरेका छौं । नयाँ राजनीतिक सहयात्रा प्रारम्भ भईसकेपछि मुलुकमा केही मात्रामा आशाका सञ्चार भएको छ । हाम्रो पार्टी यो सरकारलाई र सरकारको कार्य सम्पादनलाई प्रभावकारी बनाउँदै समाजमा रहेको निराशा चिर्दै अवरुद्ध भएको विकास, समृद्धि र सुशासनको प्रक्रियालाई नयाँ गति दिने र देशको राष्ट्रिय हितको रक्षा र संवद्र्धनमा केन्द्रित भएर लाग्ने पार्टीले ठोस संकल्प गरेको छ । सरकारले पनि त्यही हिसावले आफ्ना कामहरुलाई अझ बढी चुस्त, अझ बढी समस्या केन्द्रित र जनतामा आशा र भरोसा जगाउने गरी अगाडि बढोस भनेर हामीले शुभकामना पनि दिएका छौं । यस बाहेक बैठकले अस्ती मात्रै मस्को बाहिरको एउटा कन्सर्टमा भएको आतंककारी हमला, जसमा १३० जना भन्दा बढी निर्दोष नागरिकहरुको ज्यान गएको छ । त्यसको निन्दा र भत्सर्ना गरेको छ । हाम्रो पार्टी सबै खालका आतंकवादी क्रियाकलापहरु, जुनसुकै आवरण, जुनसुकै नाम वा जुनसुकै रुपमा भएका आतंकवादी हमलाको विरोधमा सदैव उभिदै आएको छ । र, हामीले त्यसको निन्दा र भत्सर्ना गरेका छौं ।’


एमालेले होली पर्वको अवसर पारेर सबै नेपालीहरुमा शुभकामना व्यक्त गरेको छ ।

Previous Post

इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

Next Post

मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढ्यो

Next Post
मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढ्यो

मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन