Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

तनहुँमा रोकिएको बसमा कारले ठक्कर दिँदा पोखराका ३ जना घाइते

पोखरा तनहुँमा रोकी राखेको बसलाई कारले ठक्कर दिँदा ३ जना घाइते भएका छन् । शनिबार बिहान पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा दुर्घटना भएको छ । पोखराबाट दमौलीतर्फ गइरहेको ना ५ ख ५३५९ नम्बरको बसको पछाडिको भागमा सोही दिशाबाट आइरहेको बाग्मती बि एसी ५७४० नम्बरको कार ठोक्किएको हो ।

दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–२५ का ३१ वर्षीय विकास त्रिपाठीसँगै सवार पोखरा–१६ का ३२ वर्षीय विकास बानियाँ र पोखरा–१९ का ३१ वर्षीय सञ्जीव भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएका छन् । घाइतेको रत्नहरि मेमोरियल अस्पताल दमौलीमा उपचार भइरहेको प्रहरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist