• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आलु महोत्सवको अन्तिम चरणको तयारी गर्दै हेम्जा

नीतिप्रेस by नीतिप्रेस
March 31, 2024
in agriculture, अर्थ/वाणिज्य, गण्डकी प्रदेश, जीवनशैली, नेपाली समाचार आजको, फिचर, मनाेरञ्जन, रोचक जानकारी, विचार, विविध, समाचार, सूचना प्रविधि
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,

१२ औं संस्करणको राष्ट्रिय हेम्जा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विष्णुपादुका क्लबले शनिवार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको र महोत्सव यही चैत २५ गतेदेखि बैशाख ५ गतेसम्म हुने जानकारी दिनुभयो ।

क्लब अध्यक्ष समेत रहेका मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठले यो महोत्सव किसानको चाड भएको उल्लेख गर्दै सबै मिली महोत्सव सफल बनाउनुपर्ने र महोत्सवलाई कृषि,  पर्यटन  तथा व्यापार मेलाका रुपमा विकास गर्न खोजिएको बताउनु भयो ।

[adrotate banner=”6″]

मूल आयोजक समितिका महासचिव तथा क्लबका सचिव वसन्तकुमार श्रेष्ठले विशुद्ध हेम्जावासीको महोत्सवका रुपमा राष्ट्रिय हेम्जा आलु महोत्सवलाई चिनाउँदै त्यससँग हेम्जाको पहिचान जोडिएको र यस वर्षको महोत्सव मार्फत बचत हुन आउने रकमबाट क्लबको बहुउद्देश्यीय भवन निर्माणको लक्ष्य राखिएको स्पष्ट पार्दै हेम्जालाई देश विदेशमा चिनाउन आलु महोत्सवको भूमिका महत्वपूर्ण रहेको औँल्याउनु भयो ।

[adrotate banner=”3″]

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महोत्सवमा कृषिको गतिविधिलाई प्राथमिकता दिन सुझाव दिर्दे आलु महोत्सव किसानको महोत्सव हुनुपर्ने बताउनु भयो । उनले उन्नत बिउ लगाए नियमित अवस्थामा भन्दा १५ देखि २० प्रतिशतसम्म बढी उत्पादन लिन सकिने स्पष्ट पार्दै आलुको उत्पादनमा ध्यान दिन आयोजकको ध्यानाकर्षण गराउनु भयो । त्यस अवसरमा नेपाल पत्रकार महासंघ का केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, कृषि ज्ञान केन्द्र कास्की प्रमुख किरण सिग्देल, क्लबका सदस्य सन्तोष पौडेल लगायतले धारणा राख्दै आलु तरकारीको राजा भएको औँल्याउनु भयो ।

[adrotate banner=”4″]

महोत्सव अन्तर्गत आजकल स्टल निर्माणको कार्य धमाधम भइरहेको छ । त्यहाँ कुल १ सय ४० स्टल रहनेमा ४० स्टल कृषि उपजको प्रवर्द्धनका लागि छुट्टाइएको छ । महोत्सवमा प्रतिकेजी रु. ३८ देखि ४० का बीचमा आलुको कारोबार हुने तथा प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीलाई ५० रुपैयाँमा टिकटको व्यवस्थापन गरिएको छ । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तरक्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङ्ग्य एवम् लाइभ पप कन्सर्ट लगायत कार्यक्रमहरू हुने छन् ।

[adrotate banner=”5″]

महोत्सवका लागि सदाझैँ यस वर्ष पनि ‘सुन्दर ठाँउ हेम्जा जाऔँः आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नारालाई अगाडि सारिएको हो । हेम्जाको कुल १२ हजार ५ सय हेक्टरमध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिँदै आइएको छ । जसअन्तर्गत त्यहाँका ५ सय ४० घरपरिवार किसान व्यावसायिक रुपमा आलुखेतीमा आबद्ध छन् । हरेक वर्षको महोत्सव अन्तर्गत हेम्जामा करिव ८० टन आलुको कारोबार हुने भएकाले यस वर्ष पनि सोही अनुरूप हुने आयोजकको अपेक्षा रहेको छ ।

Previous Post

उत्तर कोरियाले विश्वकप छनौटको खेल स्थगित गरेपछि जापानलाई विजेता घोषित

Next Post

सामुदायिक विद्यालयका शिक्षकहरु स्थानीय तहको मातहत बस्न नमान्नु गलत होः सचिव भट्टराई

Next Post

सामुदायिक विद्यालयका शिक्षकहरु स्थानीय तहको मातहत बस्न नमान्नु गलत होः सचिव भट्टराई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन