• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा महानगरले अदालतको आदेश पालना नगरेको भन्दै स्थानीय आन्दोलित

नीतिप्रेस by नीतिप्रेस
April 5, 2024
in Uncategorized, अर्थ/वाणिज्य, गण्डकी प्रदेश, जीवनशैली, फिचर, राजनीति, लेख / आलेख, विचार, विविध, समाचार, सूचना प्रविधि
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner=”6″]

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सर्वोच्च अदालतको आदेशलाई अवहेलना गरी फेवाताल सिमसार क्षेत्रका जग्गा भोगचलनमा रोक लगाएको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् ।


आन्दोलित स्थानीयहरुले मेयर आचार्यले फेवातालको संरक्षण र संवद्र्धनमा लाग्नुको सट्टा उल्टै फेवाताल देखाएर सिमसारको नाममा स्थानीयलाई तर्साए र उठीवास लगाउन खोजेको भन्दै आन्दोलनमा उत्रिएका हुन । सर्वोच्च अदालतले फेवातालको ६५ मिटर मापदण्डभित्र रहेका संरचना हटाउन दिएको आदेशको अहिलेसम्म पकार्यान्वयन गर्न भने महानगरले सकेको छैन । स्थानीयहरुले अदालतको आदेश पालना नगर्ने, पहुँच र सम्बन्ध नपुग्नेलाई व्यक्तिगत जग्गा भोगचलन गर्न रोक लगाई अधिकारबाट वञ्चित गराउने, अनुहार, पहुँच, आदेश र मुखको भरमा कानून स्थापित गर्ने पोखरा महानगरको विभेद र ज्यादती अन्त्यको लागि भन्दै फेवातालका उपल्लो क्षेत्रका बासिन्दाहरु एकजुट भएका छन् । महानगरको ज्यादती बिरुद्ध सशक्त रुपमा आन्दोलनको उत्रने स्थानीयले बताएका छन् । फेवाताल क्षेत्रका स्थानीय युवराज खतिवडाले पोखरा महानगरपालिकाले अदालतको आदेश पालना नगरेको बताउनु भयो । उहाँले महानगरले आवासीय जमिनमा हक जमाउन खोजेको बताउनु भयो । स्थानीय खतिवडाले फेवाताल क्षेत्रको आवासीय जग्गा सुरक्षित गर्नको लागि प्रयोग गर्दा नियन्त्रणमा लिएका सवारी साधनहरु फिर्ता गर्न अदालतले आदेश दिँदा समेत पालना नगरेको बताउनु भयो । उहाँले जग्गाका मोहीहरु सम्बन्धित निकायहरुमा न्यायको लागि जान तयार रहेको बताउनु भयो । उहाँले फेवाताल भन्दा ५ किलोमिटर माथि रहेको जग्गामा समेत महानगरले हक जमाउन खोजेको बताउनु भयो । उहाँले मेयरको प्रिय बन्न नसक्दा आफ्नो जग्गा आफैँले पाउन नसकेको बताउनु भयो । 

स्थानीय गीता भुजेलले पनि फेवाताल भन्दा ५ किलोमिटर माथि रहेको आफ्नो जग्गाको भोगचलन गर्न पाउनुपर्ने बताउनु भयो । उहाँले जग्गामा प्लटिङ गरेर अन्य सबैले आफ्नो तरिकाले भोगचलन गरे पनि आफूहरुले प्लटिङ गरेर खेती गर्न महानगरले नदिएको गुनासो गर्नुभयो । उहाँले पुर्खादेखि भोगचलन गर्दै आएको जग्गामा अहिले पनि प्रयोग गर्न पाउनुपर्ने बताउनु भयो । स्थानीय ढकमाया भुजेलले पनि महानगरसँग पहुँच भएकाहरुले आफ्नो जग्गालाई प्लटिङ गरेर आफू अनकुलको बनाएको तर आफूहरुलाई महानगरले अवरोध गरेको बताउनु भयो । उहाँले लालपूर्जा नभएका मानिसहरुले ५ तलाको घर बनाएर बस्ने तर लालपूर्जा भएकाहरुले खेती लगाएर पनि खान नपाउने भन्ने नहुने भन्दै सबै मिलेर न्यायको लागि आन्दोलन गर्ने बताउनु भयो ।  


अर्का स्थानीय देविलाल लामिछानको पनि त्यस्तै गुनासो रहेको छ । उहाँले उच्च अदालतले फेवाताल क्षेत्रका तिरो तिरेका र लालपूर्जा भएका जग्गा हक भोग गर्न दिन आदेश दिएपनि महानगरले ज्यादती गरेर रोक लगाएको बताउनु भयो । उहाँले जग्गाको रातोकिताब सिरानीमा राखेर हिँडिरहेको बताउनु भयो । 

महानगरपालिकाले आफ्नो चित्त नबुझ्ने र पहुँच नपुग्नेलाई डोजर लगाइ रोक लगाएकोे उनीहरुको आरोप छ । महानगरका मेयर आचार्यले आफ्नो चित्त बुझाईदिनेलाई प्लटिङ गरेर जग्गा कारोवार गर्न खुला छोडेको आरोप लगाए । उनीहरुले आवास क्षेत्रलाई मेयर आचार्यले हचुवाका भरमा सिमसार भन्दै स्थानीयलाई अनावश्यक दुःख र हैरानी दिँदै आएको बताए । वर्षौंदेखि जमिनको उपभोग गर्दै महानगरमा तिरो तिर्दै आएका जग्गाधनीलाई आफूखुसी भोगचलन गर्न रोक लगाउन नपाउने उनीहरुको माग छ । 

[adrotate banner =”3″]

[adrotate banner =”5″]

[adrotate banner =”4″]

Previous Post

देशलाई सही बाटोमा लैजान अझै २० वर्ष सक्रिय राजनीति गर्छुः ओली

Next Post

पोखराको काहुँडाँडामा दोस्रो अन्तर्राष्ट्रिय योग फेस्टिवल शुरु

Next Post

पोखराको काहुँडाँडामा दोस्रो अन्तर्राष्ट्रिय योग फेस्टिवल शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन