Latest
समुन्नत नेपाल सबैको सपना होः सभापति देउवा
Next
Prev

भारतले नेपाललाई दियो ६६ स्कुल बस र ३५ एम्बुलेन्स उपहार

भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संस्था र विद्यालयहरुलाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहारस्वरुप हस्तान्तरण गरेको छ ।


भारतीय राजदुतावास काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तरर्गतका ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहारस्वरुप हस्तान्तरण गरेको हो । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गर्नुभयो । नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको उच्च प्राथमिकतालाई ध्यानमा राख्दै भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई वर्षको दुई पटक एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरूप प्रदान गर्दै आएको छ । त्यसै अनुरुप आईतवार विभिन्न दुर्गम जिल्लाका स्थानीयलाई एम्बुलेन्स र स्कुल बसहरु हस्तान्तरण भएको छ । कार्यक्रमपछि न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अर्थमन्त्री वर्षमान पुनले नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत भारत सरकारको लामो समयदेखिको परम्परा रहेको बताउनु भयो । उहाँले यो कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशको रूपमा रहेको उल्लेख गर्नुभयो । उहाँले भारत सरकारले विभिन्न जिल्लाका स्वास्थ्य संस्था र विद्यालयको लागि ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स प्राप्त भएको बताउनु भयो  ।
उहाँले भन्नुभयो,‘नेपाल भारत सम्बन्धको प्रतिकको रुपमा स्कुल बस र विभिन्न स्वास्थ्य केन्द्रहरुको लागि एम्बुलेन्सहरु भारत सरकारबाट प्राप्त भएको छ । म धन्यवाद व्यक्त गर्दछु । नेपाल भारतको परिचयको रुपमा पनि यो रहेको छ । आगामी दिनमा पनि यस्तो सहयोग जारी रहनेछ । भारत सरकारले ६६ वटा स्कुल बसहरु र ३५ वटा एम्बुलेन्सहरु प्राप्त भएको छ ।’


अर्थमन्त्री पुनले भारत सरकारको यस्तो सहयोग परियोजनाले दुई देशबीचकोे सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist