Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

पाकिस्तानमा दुई दिनमा वर्षासँग सम्बन्धित घटनामा ३० जनाको मृत्यु


पाकिस्तानमा विगत ४८ घण्टामा वर्षासँग सम्बन्धित घटनाहरूमा कम्तिमा ३० जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले यसबारेमा जानकारी दिएको हो । देशको पूर्वी पञ्जाव प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र थियो । जहाँ गत ४८ घण्टामा प्रान्तका विभिन्न जिल्लाहरूमा भारी वर्षाका कारण चट्याङका घटनाहरूमा १७ जनाको ज्यान गएको थियो र अन्य ६ जना घाइते भएका थिए । दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा चट्याङ र भारी वर्षाका कारण आठ जनाको मृत्यु भएको छ । उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १० जनाभन्दा बढी घाइते भएका छन् । पीडितहरूमा महिला र बालबालिका पनि छन् । मुसलधारे वर्षाले देशका केही भागहरूमा धेरै घरहरूलाई पनि क्षति पु¥याएको छ । अविरल वर्षाका कारण मुख्य सडक र राजमार्गमा पनि ट्राफिक जाम भएको छ । अधिकारीहरूले नागरिक र पर्यटकहरूलाई केही दिन प्रभावित जिल्लाहरूमा अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन् । एनडीएमए र अन्य नागरिक विभागहरू र स्वयंसेवकहरूले प्रभावित क्षेत्रमा उद्धार र राहत अभियान शुरु गरेका छन् । यसअघि पाकिस्तानको मौसम विभागले सोमवारसम्म देशका केही भागमा मेघगर्जनसहित भारी वर्षा हुने अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist