Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

अफगानिस्तानमा बाढीका कारण ३३ जनाको मृत्यु

गत तीन दिनमा अफगानिस्तानका केही भागहरूमा भारी वर्षा, हिमपात र बाढीका कारण ३३ जनाको ज्यान गएको छ । अन्य २७ जना घाइते भएका राष्ट्रिय प्रकोप प्राधिकरणका प्रवक्ता मुल्ला जनान सैकले बताउनु भयो । काबुलसहित अफगानिस्तानका ३४ प्रान्तहरूमध्ये झन्डै आधामा शुक्रवारदेखि भारी वर्षा वा हिमपात भइरहेको छ ।  भारी वर्षा, हिमपात उरुजगान र पञ्जशीर लगायतका धेरै प्रान्तहरूमा बाढीका कारण ३३ जनाको ज्यान गएको र २७ जना घाइते भएका बताइएको छ । बाढीका कारण ६ सयभन्दा बढी घरमा क्षति पुगेको अधिकारीले जानकारी दिँदै उक्त आँधीले देशका १ हजार ९५० एकड खेतीयोग्य जमिन र ७५ किलोमिटर सडकमा क्षति पु¥याउनुका साथै २०० भन्दा बढी गाईवस्तु मारेको अधिकारीले बताए । अधिकारीको सहयोगमा सहायता निकायले २२ हजार ८५१ बाढीपीडित परिवारलाई मानवीय सहायता उपलब्ध गराएको र प्रभावित क्षेत्रमा सहयोग पु¥याउने प्रक्रिया जारी रहेको सैकले बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist