Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

पोखरा–६ ले दुई हप्ते बेकरी तालिम

कास्की,

पोखरा प्राविधिक शिक्षालयको प्राविधिक सहयोग र पोखरा महानगरपालिका वडा नं–६ को आर्थिक सहयोगमा सञ्चालित दुई हप्ते बेकरी तालिम सम्पन्न गरेको छ । सो तालिम बिस जना लाई दिइएको थियो । वडा भित्रका गरीब तथा विपन्न परिवारलाई दिइएको हो ।

सोमबार तालिम सम्पन्न गर्दै कार्यक्रममा पोखरा महानगरपालिका वडा नं–६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले पछिल्लो समय नेपालमा गुणस्तरीय कच्चा पदार्थ नहुदाँ उत्पादित सामग्रीहरू पनि गुणस्तरीय हुन सकेको छैन । नेपालमा नै जनशक्तिको अभाव रहेका भन्दै तालिम पछि विदेश भन्दा नेपालमा नै केही गर्नुपर्छ । यस्ता तालिम प्राप्त जनशक्ति सँगसँगै भोलि गएर यस्तो जनशक्तिलाई काम गर्ने तथा रोजगारको वातावरण पनि महानगरले सिर्जना गर्नेछ । यस्ता कार्यले पोखरा महानगरपालिकाको विकासमा ठूलो सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रममा पोखरा प्राविधिक शिक्षालयका शिक्षालय प्रमुख हर्कलाल श्रेष्ठले तालिम फलदायी भएको भन्दै आगामी दिनमा पनि पोखरा महानगरपालिकामा यस्ता तालिमलाई निरन्तर दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रशिक्षक साजन गुरुङले उद्यमी बन्नका लागि सीप र क्षमताको आवश्यक पर्ने भएकाले तालिममा सहभागीहरूलाई सिकेको सीपलाई व्यवहारमा समेत लागू गरे मात्र आफूले तालिम फलदायी भएको मान्ने बताउनु भयो ।

कार्यक्रममा प्रशिक्षार्थी कृष्टिना जलारीले कुनै पनि काम ठुलो सानो नहुने र आफूले सिकेको सीपलाई व्यवहारमा पनि उतार्ने र यस विषयमा अझ धेरै ज्ञान बटुलेर अगि बढ्ने बताउनु भयो ।

कार्यक्रममा अर्का प्रशिक्षार्थी प्रशान्त परियारले तालिम प्राप्त गरेपछि नेपालमा आफैँले केही गरेर पनि जिउन सकिने आत्मविश्वास बढेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist