• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपालमा लगानीमा देखिएका बाधा हटाउन निजी क्षेत्रले पनि प्रयास गर्नुपर्छः प्रधानमन्त्री दाहाल

नीतिप्रेस by नीतिप्रेस
April 23, 2024
in अन्य, अर्थ/वाणिज्य, राजनीति, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”6″]

प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्र र सरकारबीच गुणात्मक सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ ।


निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म देश विकासका लागि सरकारले लिएको उद्देश्य पूरा नहुने भएकाले पनि सरकार र निजी क्षेत्रबीचको सहकार्य बलियो हुनुपर्ने प्रधानमन्त्री दाहालको भनाई थियो । मंगलवार काठमाडौंमा आयोजित लगानी बोर्डको बैठकमा बोल्दै उहाँले निजी क्षेत्रलाई आकर्षित गरेर मात्रै देश विकासका लागि वाह्य लगानी भित्रिने सम्भावना रहेकाले पनि सरकारले निजी क्षेत्रलाई विश्वासका लिनका लागि अध्यादेशमार्फत भएपनि आवश्यक ऐनको व्यवस्था गर्न लागेको बताउनुभएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री दाहालले बैठकमा नेपालमा लगानीको क्षेत्रमा देखिएको बाधा हटाउन निजी क्षेत्रले प्रयास गर्नुपर्ने बताउनु भएको थियो । त्यस अवसरमा उहाँले निजी क्षेत्रको समस्या भने सरकारले समाधान गरिदिने बताउनुभएको थियो । निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै देश विकासका सम्भावनाहरु अझै उजागर हुँदै प्रधानमन्त्री दाहालको भनाई थियो । उहाँले लगानी सम्मेलनका लागि प्रश्तावित परियोजनाहरु तयार पारेकोमा लगानी बोर्ड सचिवालयलाई धन्यवाद दिनुभएको पनि प्रवक्ता उपाध्यायले बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘अन्त्यमा सम्माननीय प्रधानमन्त्रीज्युले निर्देशन पनि दिनुभयो । त्यसमा अध्यादेशमार्फत भएपनि ऐन संशोधन गर्न किन खोजियो भन्ने विषयमा उहाँले के भन्नुभयो भने यो निजी क्षेत्रलाई आकर्षित नगरीकन राष्ट्रको विकास हृुँदैन । विश्व परिवेशमा हेर्दाखेरी जुन देशमा निजी क्षेत्रलाई पर्याप्त लगानीका सम्भावनाहरु उजागर गरेर उनीहरुको बाधाअवरोधहरु फुकाइएको हुन्छ, त्यस्ता देशमा चाहीँ राम्रो विकास भएको देखिएको छ । त्यसकारण नेपालमा पनि लगानीको क्षेत्रमा देखिएका बाधाहरु हटाउनका लागि निजी क्षेत्रले प्रयास गर्नुपर्छ । र त्यो निजी क्षेत्रलाई सपोर्ट गर्ने काम चाहीँ सरकारले गर्नुपर्छ भन्ने सम्माननीय प्रधानमन्त्रीज्युको आशय रहेको थियो । त्यस्तै गुणात्मक सहकार्य हुनुपर्छ । निजी क्षेत्र र सरकारको बीचमा चाहीँ गुणात्मक पब्लिक, प्राईभेट पार्टनरसिस सहकार्य हुनुपर्छ । त्यो भयो भने मात्रै देशका विकासका सम्भावनाहरु अझै उजागर हुँदै जान्छन  भन्ने कुरा उहाँले राख्नु भयो । र जबसम्म निजी क्षेत्रलाई यो विकासको सम्बन्धमा विश्वासमा लिइँदैन, तबसम्म लगानीका सम्भावनाहरु र देश विकासका जुन उद्देश्यहरु तय गरिएको छ । त्यो उद्देश्य एचिव हृुन सक्दैन भन्ने उहाँले निर्देशन दिनुभएको छ । यो परियोजना सोकेसको सम्बन्धमा पनि उहाँले अहिलेसम्म लगानी बोर्डले परियोजना सोकेशका लागि जुन होमवर्क गरेको छ । त्यसको लागि उहाँले धन्यवाद पनि दिनुभयो । र अब लगानी सम्मेलनको जुन तयारी भएको छ । त्यो सम्बन्धमा अझै तिब्र गतिमा जति गर्न सकिन्छ, त्यो गर्नका लागि पनि निर्देशन दिनुभयो । यसरी समग्रमा आजको यो ५८ औं बोर्ड बैठकले यिनै निर्णय गरेका हुन् । ’


बैठकमा केही परियोजनाहरु लगानी सम्मेलनमा थप सकिने धारणा राखेका थिए । सरकारले यही बैशाख १६ र १७ गते काठमाडौंमा लगानी सम्मेलन आयोजना गर्दैछ । 

[adrotate banner =”3″]

[adrotate banner =”4″]

[adrotate banner =”5″]

Previous Post

‘लू’ सँग लड्न सरकार सँग छैन रणनीति

Next Post

एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यकः प्रधानमन्त्री

Next Post

एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यकः प्रधानमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन