Latest
विश्व रेडक्रस दिवसमा वृक्षारोपण
Next
Prev

एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यकः प्रधानमन्त्री


नेपाललाई मेडिकल शिक्षाको हबका रुमपा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।


बुधवार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दिक्षान्त समारोहलाई ललितपुरमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले देश भित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सबै नागरिकलाई आधारभुत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सहकारी अस्पतालहरुको क्षमता विकासमा पनि ध्यान दिन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाललाई मेडिकल शिक्षाको हबका रुमपा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भयो । उहाँले स्वास्थ्य शिक्षालाई केबल सैद्धान्तिक शिक्षाको रुपमा मात्र नभइ व्यवहारिक र मानवीय मूल्य मान्यता एवं संवेदनासहितलाई ध्यानमा राख्न जरुरी रहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले स्वास्थ्य क्षेत्रमा दिनप्रतिदिन नयाँ नयाँ चुनौतिहरु देखा परिरहेको बताउनु भयो । उहाँले नेपालको अधिकांश भूभाग ग्रामिण क्षेत्र रहेको र ग्रामिण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारका लागि दक्ष सामजिक उत्तरदायित्वको भावनाबाट प्रेरित चिकित्सक उत्पादन गर्ने र स्वास्थ्य सेवाको पहुँच ग्रामिण स्तरसम्म बिस्तार गर्दै जानुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘देश भित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक छ । सबै नागरिकलाई आधारभुत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सहकारी अस्पतालहरुको क्षमता विकासमा पनि त्यत्तिकै ध्यान दिन आवश्यक छ । नेपाललाई मेडिकल शिक्षाको हबका रुमपा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको जानकारी पनि गराउन चाहन्छु । स्वास्थ्य शिक्षालाई केबल सैद्धान्तिक शिक्षाको रुपमा मात्र नभइ व्यवहारिक र मानवीय मूल्य मान्यता एवं संवेदनासहितलाई ध्यानमा राखि प्रतिष्ठानले आगामी दिनमा अझ अग्रगामी र दूरदर्शीता स्थानपित गर्नेछ ।’


प्रधानमन्त्री दाहालले सार्वाजनिक स्वास्थ्य संस्थाहरु सबल र सुदृढ भएमात्रै आम नेपालीहरुले सर्वसुलभ स्वास्थ्योपचार गर्न पाउने बताउनु भयो । सरकारले सबै सार्वजनिक अस्पतालहरुको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist