Latest
विश्व रेडक्रस दिवसमा वृक्षारोपण
Next
Prev

आजदेखि कक्षा १२ को परीक्षा, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

पोखरा ,

आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुने र परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिएका छन् ।

देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ विद्यार्थी र ग्रेड वृद्धि तर्फ एक लाख छ सय ५० विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुँदैछन् ।

परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरेर कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको उनले जानकारी दिएका छन् । सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ र मुस्ताङमा एक–एक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ ।

पहिलो पटक बोर्डले यसवर्ष स्वचालित प्रक्रियाबाट काठमाडौँको परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुँदै छन् ।

यसवर्ष प्रश्नपत्र अनलाइनबाट पठाइएको छ । इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’ को व्यवस्था पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist